विराटनगर । फोक्सोका कोषहरू अनियन्त्रित रूपमा विभाजन हुँदा फोक्सोको क्यान्सर हुने गर्छ । यसले ट्यूमरको वृद्धि गराइ एक व्यक्तिको सास फेर्ने क्षमतालाई कम गर्दै लैजान्छ ।
जो कोहीले पनि फोक्सोको क्यान्सर विकास गर्न सक्छन् । तर, धूम्रपान र धुँवाको जोखिममा बस्ने व्यक्तिमा क्यान्सर विकास गर्ने सम्भावना बढाउन सक्छ । हावामा रसायन वा अन्य विषाक्त पदार्थको जोखिम भएको इतिहास भएकाले पनि फोक्सोको क्यान्सर विकास गर्न सक्छन् ।
रसायन र अन्य विषाक्त पदार्थको यो जोखिम धेरै समय पहिलानै भएपनि यसले फोक्सोको कोषहरूमा परिवर्तन ल्याउन सक्छ, जसले क्यान्सर निम्त्याउँछ । सुरुखाती चरणमा फोक्सोको क्यान्सरलाई पहिचान गर्न गाह्रो हुन सक्छ, तर, देखिने केही लक्षणहरू श्वाासप्रश्वासको संक्रमण जस्तो हुन सक्छ, वा कुनै लक्षण पनि नदेखाउने हुन सक्छ ।
फोक्सोको क्यान्सर भएका मानिसहरूको अवस्था गम्भीर नभएसम्म लक्षण देखा पर्दैन । तर, भोक कम लाग्नु, व्यक्तिको आवाजमा परिवर्तन आउनु, लगातार छातीको सङ्क्रमण, ब्रोन्काइटिस वा निमोनिया देखिएमा, कफ जम्मा भएमा, सास फेर्न गाह्रो हुनु, अस्पष्ट टाउको दुखाइ, तौल घट्ने, घ्यारघ्यार हुने जस्ता गम्भीर रोगसँग सम्बन्धित लक्षणहरू केही व्यक्तिमा देखापर्न सक्छ ।
एक व्यक्तिले फोक्सोको क्यान्सरसँग सम्बन्धित बढी गम्भीर लक्षण पनि अनुभव गर्न सक्छन् । यसमा गम्भीर छाती दुखाइ, हड्डीको दुखाइ वा खोक्दा रगत देखिने सम्भावना पनि रहन्छ । फोक्सोको क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न सके जीवन बचाउन सकिन्छ ।
फोक्सोको क्यान्सर कोषहरू शरीरको अन्य क्षेत्रमा पनि फैलिनसक्ने हुँदा यसले रोगको उपचार गर्न धेरै गाह्रो बनाउँदै लान्छ ।