birat ribon

बार्सिलोनालाई युभेन्टसको जवाफी प्रहार

Neuro
बार्सिलोनालाई युभेन्टसको जवाफी प्रहार

विराटनगर/ इटालियन क्लब युभेन्टसले बार्सिलोनाको विवादास्पद ट्वीटको जवाफ फर्काएको छ । च्याम्पियन्स लिगमा युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएपछि बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेस्सी महान् भन्दै ट्वीट गरेको थियो ।

cura insider

बार्सिलोनाले ट्वीटमा लेखेको थियो, ‘हामी खुशी छौं कि तिमीहरूले आफ्नै मैदानमा ‘गट’ (ग्रेटेस्ट अफ अल टाइम’लाई देख्यौ ।’ त्यसलगत्तै युभेन्टसले बार्सिलोनालाई उसको शब्दकोष गलत भएको भन्दै जवाफ फर्काएको थियो ।

क्रिस्टियानो रोनाल्डोलाई इंगित गर्दै युभेन्टसले लेखेको थियो, ‘सम्भवतः तिमीहरूले गलत शब्दकोष हेरेको हुनुपर्छ, क्याप नोउमा हामी वास्तविक गट देखाउँछौं ।’

पोर्चुगिज स्ट्राइकर रोनाल्डोले सो खेल खेलेका थिएनन् । कोरोना संक्रमण भएपछि उनी आइसोलेशनमा थिए । तर, दोस्रो खेलमा भने युभेन्टसले बार्सिलोनाको मैदानमा ३–० गोलको जित निकालेको थियो ।

जसमा, रोनाल्डोले दुई गोल गरेका थिए । बार्सिलोनालाई हराएलगत्तै युभेन्टसले ‘सोसल मिडिया वार’लाई निरन्तरता दिएको छ । उसले रोनाल्डोको तस्बिर पोस्ट गर्दै उनी नै वास्तविक ‘गट’ भएको संज्ञा दिएको छ । उसले लेखेको छ, ‘हामीले हाम्रो शब्द राख्यौंः हामीले यसलाई लिएर आयौं ।’

jackson ribon

प्रतिक्रिया

Comments are closed.