birat ribon

एक घण्टा नाच्दा तीन सयभन्दा बढी क्यालोरी कम गर्न सकिने

Neuro
एक घण्टा नाच्दा तीन सयभन्दा बढी क्यालोरी कम गर्न सकिने

विराटनगर/ जिम जान तथा अन्य प्रकारको व्यायाम गर्न अल्छी लाग्ने मानिसले नाचेर पनि तौल कम गर्न सक्छन् । नृत्य (डान्स)लाई धेरैजसो बेला एक मनोरन्जन गतिविधिको रूपमा मानिन्छ, तर वास्तविकतामा यो एक फिटनेस गतिविधि हुन सक्छ ।

नियमित डान्स अभ्यास गर्दा राम्रो मात्रामा क्यालोरी बर्न गर्न सकिन्छ । जुनै प्रकारको डान्स छनोट गरेपनि यसलाई निरन्तरता दिन सकेमा अधिकतम फाइदाहरू प्राप्त गर्न सकिन्छ ।

cura insider

एक घण्टा डान्स गरेर घटाएको क्यालोरीको सङ्ख्या मान्छेअनुसार फरक फरक हुन्छ । शरीर संरचना, नृत्यको प्रकार र गर्ने तरिकामा निर्भर हुन्छ । तर औसतमा, ५६ किलो तौल भएको व्यक्तिले मध्यम डान्स गर्दा प्रतिमिनेट ५.५ क्यालोरी गुमाउन सक्छ ।

हार्वर्ड स्वास्थ्य पब्लिशिङ्गमा प्रकाशित एक अध्ययनअनुसार ५६ किलो तौलको मान्छेले एक घण्टामा कम्तिमा तीन सय ३० क्यालोरी बर्न गर्न सक्छ । डान्स गर्नाले मात्र शरीरलाई फिट बनाउन र तौल कम गर्न मद्धत गर्न सक्दैन ।

तौल कम गर्नका लागि क्यालरीको मात्रा कम गर्न महत्त्वपूर्ण हुन्छ । एक किलो फ्याट कम गर्न एक हप्तामा तिन हजार पाँच सय भन्दा कम क्यालरीको सेवन गर्नुपर्ने हुन्छ । यसको साथसाथै, दैनिक एक घण्टा मध्यम तथा तीव्र तरिकाको डान्स प्रदर्शन गर्न आवश्यक हुन्छ ।

यति गरेपछि १० देखि ११ दिनमा १ किलो तौल कम गर्न सकिन्छ । डान्सले तौल कम गर्न मद्धत गर्नुबाहेक दैनिक नियमित रूपमा डान्स गर्नाले मुटुको स्वास्थ्यमा सुधार गर्न, सन्तुलन र शक्ति सुधार गर्न, दिमागलाई चुनौती दिन, लचकता सुधार गर्न, तनाव कम गर्न तथा मुडलाई राम्रो बनाउनसमेत मद्दत गर्छ ।

jackson ribon