birat ribon

अब प्रेस पास र अनलाइन नवीकरण जिल्ला हुलाक कार्यालयबाट पनि गर्न सकिने

Neuro
अब प्रेस पास र अनलाइन नवीकरण जिल्ला हुलाक कार्यालयबाट पनि गर्न सकिने

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै जिल्ला हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन दिन र नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समते रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चारकर्मीहरूको सुविधाका लागि यसअघि सूचना तथा प्रसारण विभागले जारी गर्दै आएको प्रेस प्रतिनिधि प्रमाणपत्रको वितरण तथा नवीकरण जिल्ला हुलाक कार्यालयबाट गर्ने व्यवस्था गरेको जानकारी दिए ।

cura insider

मन्त्री गुरुङले सूचना तथा प्रसारण विभागको महानिर्देशकमा निहित अधिकार मन्त्रिस्तरीय निणय गरी सबै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरेको जानकारी दिए ।

jackson ribon