birat ribon

विश्व बैङ्क र एडिबीबाट १४ अर्ब १५ करोड ऋण लिने सरकारको निर्णय

Neuro
विश्व बैङ्क र एडिबीबाट १४ अर्ब १५ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं/ सरकारले विश्व बैङ्क र एसियाली विकास बैङ्ककबाट १४ अर्ब १५ करोड ऋण लिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विश्व बैङ्क र एडिबीबाट १४ अर्ब १५ करोड ऋण लिने बताए ।

cura insider

प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात करिब १ अर्ब १९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

यस्तै ग्रामीण उद्यम तथा आर्धिक विकास आयोजना सञ्चालन गर्न विश्व बैङ्कबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन अर्थात् करिब ९ अर्ब ३८ करोड रुपैयाँ सुहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

jackson ribon