birat ribon

शिक्षक श्रेष्ठको शव आफन्तले बुझे, बिहीबार अन्त्यष्टि गरिने

Neuro
शिक्षक श्रेष्ठको शव आफन्तले बुझे, बिहीबार अन्त्यष्टि गरिने

विराटनगर / मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हत्या गरेका शिक्षकको शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि बुधबार आफन्तले बुझेका हुन् ।

cura insider

शवको बिहीबार बिहान अन्त्यष्टि गरिने आफन्तले जानकारी दिएका छन् । मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको विप्लव समूहले बर्बरतापूर्ण ढंगले मंगलबार बिहान हत्या गरिएको थियो ।

घरैबाट अपहरण गरेर लग्दै आधा घण्टा परको जंगलमा पु¥याएपछि आफ्नै नियन्त्रणमा राखेर ‘विप्लव’ समूहले श्रेष्ठको हत्या गरेको थियो ।

आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका सबै गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि यो अवस्था आएको दाबी ‘विप्लव’ समूहको छ ।

शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र आसपासको क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । घटनास्थललाई चारैतिरबाट घेरा हालेर सर्च गर्दै हत्या गर्नेको खोजी थाल्न प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले निर्देशन दिएका छन् ।

jackson ribon