birat ribon

सडक कालाेपत्रे गर्न माग गर्दै धर्ना

Neuro
सडक कालाेपत्रे गर्न माग गर्दै धर्ना

विराटनगर / केशलीया मार्ग कालाेपत्रे गर्न माग गर्दै स्थानीय बासिन्दाले सडकमा धर्ना दिएका छन् । विराटनगर महानगरपालिका–६ र ११ जोड्ने सडक स्तरउन्तीकाे काम राेकिएपछि स्थानीय धर्ना बसेका हुन ।

cura insider

विराटनगर महानगरपालिकाले सडक पेटी खाली गराएर अलपत्र छाड्दा दिनानुदिन जोखिम बढ्दै गएपछि धर्ना बस्नु परेको स्थानीयले बताए ।

स्थानीयहरुले आज , भोलि र पर्सि भन्दाभन्दै आखिर कहिले केशलीया रोड बनाउने भन्दै सडकमा प्रदर्शन पनि गरेका थिए ।

नगरपालिकाको पहलमा केही मर्मत भए पनि त्यसपछि सडक निर्माणको लागि विगत ५ वर्षदेखि कुनै पहल नभएको विराटनगर–६ का स्थानीय सन्तोष साहले बताए ।

सडक निर्माण नहुँदा धेरै समस्या भोग्नु परेको स्थानीय व्यापारी प्रदीप कर्णले बताए । स्थानीय गणेश साहले सडकका कारण सर्वसाधारणले धेरै सास्ती बेहोर्नु परेको र जनता जोखिममा परेको गुनासो गरे ।

सडक सुरुमा हुलाकी राजमार्गमा परेको भन्दै महानगरपालिकाले बेवास्ता गरिरहेको स्थानीयको आरोप छ । सबैतिर सडक निर्माणको काम सम्पन्न गर्ने महानगरपालिकाले सुनसरीको दक्षिण भेगलाई विराटनगरसम्म जोड्ने सडकका विषयमा भने चासो नदिएको स्थानीय मुकेशकुमार साहको भनाइ छ ।

विराटनगर महानगरपालिका अन्तर्गत क्षेत्रीय शहरी विकास परियोजनाले भने सो सडक खण्डसँगै बरगाछीदेखि पानीट्यांकीसम्म तीन करोड भन्दा बढी खर्चेर सडक कालोपत्रे गर्ने तयारी गरिएको जनाएको छ । परियोजनाका व्यवस्थापक भरत न्यौपानेले एसियाली विकास बैकको प्राथमिकतामा नपरेको उक्त सडक कालोपत्रेको काम सुरु गर्ने तयारी भइरहेको बताए ।

jackson ribon