birat ribon

प्रदेशमा ८७ सङ्क्रमित थपिए, विराटनगरमा ९ जना

Neuro
प्रदेशमा ८७ सङ्क्रमित थपिए, विराटनगरमा ९ जना

विराटनगर / प्रदेश १ मा थप ८७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार ५८७ जनाको पिसिआर जाँच गर्दा ८७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको हो ।

cura insider

मोरङको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारीमा १–१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति र बा¥हदशीमा १–१ जनालाई सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थाानीय तह नखुलेका १–१, सुनसरीको धरान र इटहरीमा ४–४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ५०२ पुगेको छ ।

प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आईसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४०५ पुगेको छ । प्रदेश १ मा १ लाख ९८ हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

jackson ribon