birat ribon

संसद चलाउनेबारे विज्ञहरूसँग छलफल

Neuro
संसद चलाउनेबारे विज्ञहरूसँग छलफल

काठमाडौं/ संघीय संसद सचिवालयले कोभिड–१९ संक्रमणकाबीच संसद चलाउने बारे विज्ञहरूसँग छलफल गरेको छ ।

cura insider

बुधबार संसद सचिवालयले काठमाडौंमा विज्ञहरूसँग छलफल गरेर संसद चलाउने उपायको खोजी गरेको हो । सचिवालयले सरुवारोग विशेषज्ञ ढा. शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्वसांसद जनकराज जोशीसँग छलफल गरेको हो ।

छलफलमा सरुवा रोग विशेषज्ञ डा. पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पूरा गरेर संसदको बैठक चलाउन सकिने बताए । भौतिक दुरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथ पालना गर्न पनि उनले आग्रह गरे ।

छलफलमा जनप्रशासन विज्ञ एवं पूर्व सांसद जोशीले सदनको बैठक थोरै सांसदको उपस्थितिमा चलाउन सक्नेगरी व्यवस्था गर्न आवश्यक रहेको बताए । सदनको बैठकमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने व्यवस्थालाई कडाईका साथ पालना गर्न सके बैठक चलाउँदा कुनै समस्या नहुने बताए ।

दुरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा हाइव्रिड तरिकाले संसद चलाउन सकिने सुझाव पनि जोशीले दिए । अहिलेको नियमावलीमा हाइव्रिड संसदबारे केही व्यवस्था नभएकोले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकाश दिन सक्ने पनि बताए ।

jackson ribon