birat ribon

कुपन प्रणालीबाट समर्थन मूल्यमा धान खरिद, कुपनका लागि लालपूर्जा देखाउनुपर्ने

Neuro
कुपन प्रणालीबाट समर्थन मूल्यमा धान खरिद, कुपनका लागि लालपूर्जा देखाउनुपर्ने

काठमाडौं÷ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको हो ।

cura insider

तर कुपन लिनका लागि लालपूर्जा देखाउनुपर्ने व्यवस्था गरिएपछि भने अधियाँ बटिया गरी धान उत्पादन गरेका किसानहरू चिन्तित देखिन्छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरूले सजिलै धान बिक्री गर्न पाएका छन् ।

कुपनअनुसार आफ्नो पालो परेको दिन प्रतिकुपन ५० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण किसानहरू दैनिक रूपमा आफ्नो कुपनअनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयसम्म पुग्ने गर्छन् ।

कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरणसहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए ।

कुपन प्रणाली लागू गर्दा धान लिएर बिक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ । सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।

jackson ribon