birat ribon

धनी राष्ट्रहरूले आवश्यकताभन्दा धेरै खोप भण्डारण, गरिब देशका १० मध्ये एकले मात्र पाउने

Neuro
धनी राष्ट्रहरूले आवश्यकताभन्दा धेरै खोप भण्डारण, गरिब देशका १० मध्ये एकले मात्र पाउने

विराटनगर/धनी राष्ट्रहरूले आवश्यकताभन्दा धेरै खोप भण्डारण गरिरहेका कारण गरिब देशहरूमा ९० प्रतिशत जनसंख्याले अर्को वर्षसम्म पनि खोप नपाउने देखिएको छ ।

cura insider

पिपुल्स भ्याक्सिन एलाइन्सका अनुसार धनी देशहरूले आगामी वर्षको अन्त्यसम्म आफ्ना जनतालाई तीन पटकसम्म लगाउन मिल्नेगरी कोरोना भाइरसविरुद्धको खोप भण्डारण गरिसकेका छन् । अक्सफाम र एम्नेस्टी इन्टरनेसनलजस्ता संस्थाले सहभागिता जनाएको एलाइन्सले सरकार र औषधि उद्योगले तत्काल कारवाही नगरेसम्म कम्तिमा ६७ गरिब देशका १० मध्ये एक जनालाई मात्र खोप दिन पर्याप्त मात्रा बाँकी रहने चेतावनी दिएका छन् ।

विश्वको केवल १४ प्रतिशत जनसंख्या भएको धनी राष्ट्रले गत महिनासम्मका सबैभन्दा आशाजनक खोपहरूको कुल स्टकको ५३ प्रतिशत खरिद गरिसकेका छन् । क्यानेडाले आफ्ना नागरिकलाई पाँच पटकसम्म लगाउन मिल्ने गरी खोप भण्डारण गरिसकेको बताइएको छ । दक्षिण कोरियाले आफ्नो कुल जनसंख्याको ८८ प्रतिशतका लागि पर्याप्त खोप किनिसकेको छ ।

अर्कोतर्फ गरिब देशहरूले अर्को वर्षभित्र औसतमा १० मध्ये एकजनालाई मात्रै खोप लगाउन सक्ने जनाइएको छ । बस्ने देश वा गोजीमा भएको पैसाको मात्राको कारण कसैलाई पनि खोप लिनबाट रोक्न नमिल्ने अक्सफ्यामको स्वास्थ्य नीति प्रमुख अन्ना मैरियटले बताएकी छिन् । तर, केही परिवर्तन नल्याएसम्म विश्वका अरबौं मानिसहरू कयौँ वर्षसम्म पनि कोभिडको सुरक्षित र प्रभावकारी खोप प्राप्त गर्न पाउने देखिँदैन ।

jackson ribon