birat ribon

पिएसजीको नजर अघिल्लो चरणमा

Neuro
पिएसजीको नजर अघिल्लो चरणमा

विराटनगर/युरोपियन च्याम्पियन्स लिगमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले र टर्किसको क्लब स्तानबुल बसाखसेरसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने यो खेल पीएसजीको मैदानमा हुनेछ ।

cura insider

पिएसजी र स्तानबुलको खेल हिजोलाई तय भएको थियो । तर, खेलका दौरान स्तानबुलका सहायक प्रशिक्षकलाई फोर्थ अफिसियलले रङ्गभेदी व्यवहार गरेको भन्दै स्तानबुलका खेलाडीहरूले मैदान छोडेपछि सो खेल रद्द भयो ।

यस खेलमा पीएसजी अघिल्लो चरणमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रिँदैछ । पिएसजी ९ अंकसहित शीर्ष स्थानमा छ भने बसाखसेर ३ अंकका साथ पुछारमा छ ।

अघिल्लो भेटमा पिएसजी अवे मैदानमा २–० गोलले विजयी भएको थियो ।

सो समूहबाट जर्मन क्लब आरबी लेइपिजले अघिल्लो चरणमा स्थान बनाइसकेको छ भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बाहिरिएको छ ।

गए राति युनाइटेडमाथि लेइपिजले ३–२ गोलको जित निकालेको हो । लेइपिजले भने १२ अंक जोड्दै अघिल्लो चरणमा स्थान बनायो ।

jackson ribon