birat ribon

जापानमा कोरोना त्रासका कारण आत्महत्या बढ्यो

Neuro
जापानमा कोरोना त्रासका कारण आत्महत्या बढ्यो

विराटनगर/सामान्यतया आत्महत्या भन्नाले आफू स्वयमलाई मार्ने बुझाउँछ । मानिसहरु कहिल्यै मर्न चाहँदैनन् तर कुनै बेला यस्तो परिस्थिति पनि सिर्जना हुन्छ जब मानिसले मर्नुको कुनै विकल्प देख्दैन, मर्नुलाई नै विकल्प ठान्छ । आत्महत्या आफैंमा रोग होइन्, मनोरोगको परिणाम हो ।

cura insider

जापान सरकारको तथ्याङ्कअनुसार अक्टोबर महिनामा कोभिड १९ को कारणले भन्दा बढी आत्माहत्याको कारणले बढी ज्यान गुमाइसकेका छन् । जापानामा हुने आत्माहत्याको संख्या अक्टोबर महिनामा मात्र दुई हजार एक सय ५३ छ । जापानमा कोरोनाका कारण दुई हजार तीन सय ८३ जनाले ज्यान गुमाएका छन् ।

जापानमा सन् २०१५ देखि आत्महत्याका केसहरु वृद्धि भइरहेको तथ्याङ्कले देखाएता पनि कोभिड १९ संक्रमणको समयमा यो सङ्ख्या अधिक हो । जापान एउटा त्यस्तो देश हो जसले आत्महत्या सम्बन्धित तथ्याङ्कहरु समयमा बाहिर ल्याउँछ । यसरी प्रदान गरिएको तथ्याङ्कले महामारीका कारण मानसिक स्वास्थ्यमा पर्न गएको असर र जोखिम समूहमा पर्ने व्यक्तिहरुको बारेमा अध्ययन गर्न सहायता पुर्‍याउने जानकारहरु बताउँछन् ।

‘हाम्रो देशमा लकडाउन गरिएको थिएन र अन्य देशको तुलनामा हाम्रो देशमा यसको प्रभाव पनि कम थियो, तर यहाँ आत्महत्याका घटनाहरुमा वृद्धि भइरहेको छ । यहाँबाट बुझ्न सकिन्छ कि अन्य देशहरुमा पनि भविष्यमा आत्महत्याका केसहरु बढ्न सक्छ ।’ टोकियो वासेडा युनिभर्सिटिका सहायोगी प्राध्यापक मिचिको उदाले भने ।

विश्व स्वास्थ्य संगठनका अनुसार जापान लामो समयदेखि संसारकै सबैभन्दा बढी आत्महत्या दर भएको देशको रुपमा चिनिँदैछ ।

जापानमा लामो समयसम्म गरिने काम, विद्यालयको दवाव, सामाजिक सम्बन्ध र सांस्कृतिक विभेदका कारण मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको छ । सन् १९७८ देखि स्वास्थ्य अधिकारीहरुले गरेको अध्ययनअनुसार सन् २०१९ मा सबैभन्दा कम आत्महत्याका घटनाहरु भएका थिए । जुन सङ्ख्या २० हजार थियो ।

कोभिड १९ सङ्क्रमण फैलिनुअघिसम्म जापानमा आत्महत्याको दरमा कमी आइरहको थियो, सङ्क्रमण व्यापकरुपमा फैलिएसँगै आत्महत्याका घटनाहरु वृद्धि भएर गएको छ । यसको कारणले सबैभन्दा बढी प्रभाव महिलाहरुमा परेको छ ।

गतवर्ष अक्टोबर महिनाको आत्महत्या दरको तुलनामा यस वर्ष महिलाहरुको आत्महत्या दर ८३ प्रतिशतले बढेको देखाएको छ । अघिल्लो वर्षको तुलनामा महिलाहरुको मात्र होइन पुरुषहरुको आत्महत्या दरमा पनि २२ प्रतिशतले बढेको छ ।

महिलाहरुले होटल, खाद्यान्न सेवा, खुद्रा उद्योगहरुमा आंशिककालीन (पार्टटाइम) कामदारहरुको ठूलो हिस्सा ओगटेका छन् । महामारी सुरुवात भएपश्चात सो स्थानमा कार्यरत कामदारको ठूलो संख्यामा कटौती भयो । जसले गर्दा आत्महत्याको दर बढेको बताइएको छ । कोबायसी नाम भएकी एक महिलाले भनिन्, ‘जापानले महिलाहरुलाई बेवास्ता गर्दै आएको छ, यहाँको समाज यस्तो छ कि केही नराम्रो भएको खण्डमा पहिले कमजोर मानिसहरुलाई निकाल्ने गरिन्छ ।’

केयर नामक एक गैर–नाफामुखी अन्तर्राष्ट्रिय सहयोगी संस्थाले १० हजारभन्दा बढी मानिसहरुको बीचमा अध्ययन गरेको थियो, जसमा पुरुषको तुलनमा २७ प्रतिशत महिलाहरुमा यस महामारीले मानसिक समस्याका चुनौतीहरु थपेको देखिएको थियो ।

किन गर्दैछन् आत्महत्याका प्रयास ?

मार्च महिनामा २१ वर्षीय विद्यार्थी कोकी ओजाराले मानसिक स्वास्थ्य परामर्शका लागि एक हटलाइन सेवा सुरु गरे । उनका अनुसार प्रत्येक दिन दुई सयभन्दा बढी फोनहरु आउने गरेको छ जसमा अधिकांश महिलाहरु रहेका छन् । फोन गर्ने महिलाहरुले बताए कि उनीहरुले रोजगार गुमाएका छन् र आफ्नो बच्चाहरु पनि हुर्काउनु पर्नेछ, तर यसका लागि पैसा छैन । यही कारण उनीहरुले आत्महत्याको प्रयास गरेको बताए । अधिकांश फोनहरु राति १० देखि बिहान ४ बजेसम्म आउने गर्दछ । ओजाराले सुरु गरेको गैरसरकारी संस्थामा छ सयभन्दा बढी स्वयम्सेवकहरु सक्रिय छन् र विभिन्न स्थानबाट आउने फोनको जवाफ दिने गर्दछ । उनको अनुसार अधिकांश फोन गर्ने व्यक्तिहरुको समस्या एकै प्रकारका छन् ।

बालबालिकाहरु पनि जोखिममा

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार १५ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुमा आत्महत्याको घटनाहरु बढिरहेको छ । आत्महत्या गर्नेहरुमा महामारीअघि अधिकांश २० मुनिका कोशोरकिशोरीहरु रहेका थिए ।

महामारी फैलिएसँगै जापान सरकारले कडा नियमहरु लागू गर्‍यो, जसका कारण विद्यालय र सामाजिक संस्थानहरु बन्द भए । विद्यालय बन्द भएपश्चात बालबालिकाहरु पट्यारलाग्दो गरी घरमा बस्न बाध्य भएको, गृहकार्य गर्नका लागि उनीहरुमाथि पारिवारिक दवाव सिर्जना गरिएको र उनीहरु विभिन्न प्रकारका शोषण परेको भन्दै एक पाँच वर्षीय बालकले म्यासेज लेखेको ओजाराले बताए ।

(सिएनएनको सहयोगमा)

jackson ribon