birat ribon

च्याम्पियन्स लिग : बायर्नलाई रसियन क्लबको चुनौती

Neuro
च्याम्पियन्स लिग : बायर्नलाई रसियन क्लबको चुनौती

विराटनगर/ युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज साविकको विजेता बायर्न म्युनिखले रसियन क्लब लोकोमोटिभ मस्कोसँग खेल्दैछ । समूह चरणका अन्तिम खेलअन्तर्गत बायर्नले मस्कोसँग खेल्न लागेको हो ।

cura insider

नेपाली समयानुसार राति १ः४५ बजे हुने यो खेल बायर्नको मैदानमा हुनेछ । बायर्न समूह ‘ए’को शीर्ष स्थानमा छ । १३ अंक रहेको ऊ यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

मस्को भने तीन अंकका साथ पुछारमा छ । अघिल्लो भेटमा बायर्नले मस्कोलाई उसैको घरमा २–१ गोलले हराएको थियो ।

सोही समूहका एथ्लेटिको मड्रिड र रेडबुल साल्जबर्गले पनि आजको अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् । साल्जबर्गको मैदानमा हुने यो खेल राति १ः४५ बजे नै हुनेछ । एथ्लेटिको ६ अंकसहित दोस्रो स्थानमा छ भने साल्जबर्ग ६ अंकका साथ तेस्रो स्थानमा छ ।

अघिल्लो भेटमा एथ्लेटिकोले ३–२ गोलको जित निकालेको थियो ।

jackson ribon