birat ribon

फिल्मको छायांकन तत्काल नहुने भएपछि मुम्बई फर्किइन् अदिती

Neuro
फिल्मको छायांकन तत्काल नहुने भएपछि मुम्बई फर्किइन् अदिती

विराटनगर/नायिका अदिती बुढाथोकी आठ महिनापछि आफ्नो दोस्रो घर (मुम्बई) फर्किएकी छन् । तीन वर्षअगाडि रिलिज भएको अनमोल केसी स्टारर नेपाली फिल्म ‘कृ’मार्फत् अदितीले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् ।

cura insider

अदिती कोरोना महामारी सुरु हुनुअगाडि निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्न नेपाल आएकी थिइन् । केही दिन उनले वर्कसपसमेत गरिन् । तर, कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो । कोरोना महामारीबीच भारत फर्किन पनि मुस्किल नै थियो । त्यसले उनी नेपालमै बसिन् । हुन त स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने भनिएको थियो तर नेपाल सरकार सिनेमा क्षेत्र सञ्चालन गर्न दिनका लागि अझै तयार छैनन् ।

फिल्मको छायांकन तत्काल नहुने भएपछि अदिती बुधबार कर्मथलो मुम्बई फर्किएकी हुन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा एक तस्बिर साझेदार गर्दै आठ महिनापछि आफ्नो दोस्रो घर मुम्बई फर्किएको बताएकी छन् ।

jackson ribon