birat ribon

सास गन्हाउने सम्भावित कारणहरू यस्ता

Neuro
सास गन्हाउने सम्भावित कारणहरू यस्ता

विराटनगर/गलत खानपान, दाँत तथा मुखको सफाइमा ध्यान नदिँदा मुख वा सास गन्हाउने समस्या (हेलिटोसिस) धेरैमा रहेको हुन्छ ।

cura insider

मुख गन्हाउने समस्यालाई धेरैले सामान्य समस्या सम्झेर वास्ता पनि गर्दैनन् । मुख गन्हाउने समस्यालाई हटाउनका लागि माउथ फ्रेसनर, माउथवेस, गम र अन्य सामग्रीको प्रयोग गरिन्छ । समस्याको कारणलाई नहटाउने हुँदा यी उत्पादनहरूमध्ये धेरै केवल अस्थायी उपाय हुन् । केही खानेकुरा, स्वास्थ्य समस्या र केही नराम्रो बानी, सास गन्हाउने समस्याका कारणहरू हुन् ।

सास गन्हाउने समस्या मुखमा सुरु हुन्छ । यी हुन् सास गन्हाउने सम्भावित कारणहरू :

खाना : दाँत र यसका वरपरका खाना कण टुक्रनाले ब्याक्टेरिया बढाउन र गन्ध पैदा गर्न सक्छ । प्याज, लसुन र मसलालगायतका केही खाद्य पदार्थको सेवनले पनि सास गनाउने समस्या हुन सक्छ । यी खाना पचिसकेपछि, रक्त प्रवाहमा प्रवेश गरी फोक्सोमा जान्छन् र सासलाई प्रभावित गर्छन् ।

सुर्तीजन्य उत्पादन : धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूलाई पनि गिजाको रोग हुने सम्भावना बढी हुन्छ । जुन सास गन्हाउने समस्याको स्रोत हुन सक्छ ।

मुखको सरसफाइमा कमी : धेरैजसो केसहरूमा, दाँतलाई राम्रोसँग सफा नगरेका कारण सास गन्हाउने समस्या भएको हुन सक्छ । दैनिक मुखको सरसफाइलाई बेवास्ता गरेमा खानाको कणहरू मुखमै रहन्छन्, जुन सास गनाउने समस्याको कारण बन्न सक्छन् । जिब्रोमा पनि गन्ध उत्पन्न हुने जीवाणुहरू टाँसिन सक्छन् ।

मुख सुख्खा भएमा : सास गन्हाउने समस्या निम्त्याउने कण हटाएर र्‍यालले मुखलाई सफा गर्न मद्दत गर्छ । र्‍यालको मात्रा घटेका कारण मुख सुख्खा हुने अवस्थाले सास गन्हाउने समस्या निम्त्याउन सक्छ । स्वभाविकरूपमा निदाएको समयमा मुख सुख्खा हुन सक्छ जसकारण बिहानको समयमा सास गन्हाउने हुन्छ । मुख खोलेर सुत्ने मानिसमा यो समस्या थप बिग्रन सक्छ ।

औषधि : केही औषधिहरूले अप्रत्यक्षरूपमा मुखलाई सुख्खा पारिरहेको हुन्छ जसकारण सास गन्हाउने समस्या हुन सक्छ ।

मुखको सङ्क्रमण : सास गन्हाउने समस्या मौखिक शल्यचिकित्सा, शल्यक्रियापछि लागेको चोट, दाँत हटाएपछि, वा दाँतमा क्षति भएका कारण, गिजाको संक्रमण तथा रोग वा मुखमा आउने घाउहरुको परिणामस्वरूप हुन सक्छ । टन्सिल, नाक तथा घाँटी सुन्निने वा संक्रमण, पिनासलगायतका अन्य मुख, नाक र घाँटीको समस्याका कारणले पनि सास गन्हाउने समस्या हुन सक्छ ।

अन्य कारणहरू : क्यान्सर, अपच, ग्यास्ट्रिक, कब्जियतलगायतका पाचन प्रणालीसम्बन्धी समस्याहरू, फोक्सो तथा कलेजोको सङ्क्रमण, मधुमेह, मृगौलाको समस्या पनि सास गन्हाउने समस्याको कारण हुन सक्छ ।

jackson ribon