birat ribon

बार्सिलोनाविरुद्ध रोनाल्डोको बीसौं गोल

Neuro
बार्सिलोनाविरुद्ध रोनाल्डोको बीसौं गोल

विराटनगर/ युरोपियन च्याम्पियन्स लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो चम्किँदा युभेन्टसले बार्सिलोनालाई उसैको मैदानमा हरायो । गए राति भएको समूह चरणको अन्तिम खेलमा रोनाल्डोले दुई गोल गर्दा युभेन्टसले ३–० गोलको जित निकालेको हो ।

क्याप नोउमा युभेन्टसलाई जिताउन रोनाल्डोले दुई गोल गर्दा वेस्टन केइनीले एक गोल गरे । खेलको १३औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

cura insider

२०औं मिनेटमा केइनीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । खेलको ५२औं मिनेटमा पुनः रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

यससँगै रोनाल्डोले च्याम्पियन्स लिगमा एक सय ३४औं गोल पूरा गरे । र, बार्सिलोनाविरुद्ध २०औं गोल गरे ।

रोनाल्डोले रियल मड्रिड छँदा बार्सिलोनाविरुद्ध १८ गोल गरेका थिए । सन् २०१८ मा रियल छोडेर इटाली आएका उनले बार्सिलोनाविरुद्ध दुई गोल थपे ।

रोनाल्डोले च्याम्पियन्स लिगमा भने बार्सिलोनाविरुद्ध छ खेल खेल्दा दुई गोल मात्र गरेका छन् । अरु गोल उनले ला लिगालगायत प्रतियोगितामा गरेका हुन् । समग्रमा उनले बार्सिलोनाविरुद्ध ३१ खेल खेलेका छन् ।

रोनाल्डोले दुई वर्षपछि पहिलोपटक बार्सिलोनाविरुद्ध खेलेका हुन् । अघिल्लो खेलमा पोर्चुगिज स्टार रोनाल्डो उपस्थित थिएनन् । कोरोना संक्रमण भइ उनी होम आइसोलेशनमा थिए ।

jackson ribon