birat ribon

यी हुन् टिकटक ट्रेन्डिङ नेपाली गीतहरु

Neuro
यी हुन् टिकटक ट्रेन्डिङ नेपाली गीतहरु

विराटनगर/युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता कैयौं चर्चित एप्सहरुलाई पछि पार्दै टिकटक अहिले धेरै प्रयोग गरिने सुचीमा परेको छ । छोटो र रमाइलो भिडियोका लागि चर्चित छ– टिकटक । अझ अहिले त नयाँ आएका म्युजिक भिडियोहरुको प्रचारका लागि नै बनेको एप्सझैँ भएको छ– टिकटक । बजारमा नयाँ गीत आउनसाथ टिकटक बनिहाल्छ । टिकटकबाट नै कैयौँ लुकेका प्रतिभाहरुले म्युजिक इन्डस्ट्रीमा केही गर्ने मौका पनि पाएका छन् ।

cura insider

आफ्नो गीतलाई भाइरल बनाउन केही नगद पुरस्कार राखी टिकटक कन्टेस्ट पनि गरिने गरेको छ । हाल टिकटकमा ६० सेकेन्ड लामो भिडिओ बनाउन सकिने फिचर छ । पुरानादेखि नयाँसम्म हरेक गीत टिकटकबाट नै भाइरल हुने गरेको छ । यी हुन् टिकटकमा भाइरल बनेका केही नेपाली गीतहरुको सुची :

फूलबुट्टे सारी :

लगभग तीन वर्षअगाडि प्रतीक गुरुङ नाम गरेको युट्युब च्यानलमा ‘फूलबुट्टे सारी’ गीत हालिएको थियो । त्यो बेला गीतको खासै चर्चा भएन । तर केही महिनाअघिदेखि प्रतीककै आवाजमा रहेको ‘फूलबुट्टे सारी’ चर्चामा आउन थाल्यो । टिकटकमा सारी लगाएर धेरै युवतीहरुले पोस्ट गर्न सुरु गरे ।

गीत यतिसम्म भाइरल भयो कि राजनराज सिवाकोटीको शब्द÷सङ्गीत अनि मार्मिक लामाको आवाजमा गीत रेकर्ड गराइयो । गीतको म्युजिक भिडियो पनि गज्जबले चल्यो र पुनः गीतको फिमेल भर्सन पनि बनाइयो, जहाँ मिलन नेवारले आवाज दिएकी छन् ।

छुँदैमा दाग लाग्ने होइन (चट्ट रुमाल) :

निश्चल बस्नेत र मुस्कान रानाभाटको स्वर रहेको ‘चट्ट रुमाल’ बोलको गीत टिकटक ट्रेन्डिङमा छ । ‘छुँदैमा दाग लाग्ने होइन’ टिकटकमा धेरै रुचाइएको छ । यस्तै गीतलाई युट्युबमा तीन मिलियनभन्दा बढीले हेरिसकेका छन् । भिडियोमा निश्चल र स्वस्तिमाको जोडीलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

घामको त्यो किरण (सुनिदेऊ) :

‘घामको त्यो किरणजस्तो उज्यालो हेराइ’ गीतमा अपुर्भा तमाङले नै शब्द÷सङ्गीत अनि आवाज दिएका छन् । युट्युबमा यो गीत नहेरे पनि सायदै गीतको एक लाइन नसुन्ने कमै होलान् । जहाँ त्यही घामको त्यो किरणजस्तो उज्यालो हेराइ यतिबेला ट्रेन्डिङमा देख्न सकिन्छ । टिकटकमा यो गीतलाई धेरै रुचाइएको छ । गीतको लिरिकल भिडियो युटुबमा सार्वजनिक गरिएको छ ।

देखाउँदिन दुनियाँलाई (माया गर) :

नेपाली फिल्म ‘घायल’ को गीत हो ‘माया गर’ । ‘देखाउँदिन दुनियाँलाई दिन्छु म माया छल्ली छल्ली लेऊ’ गीत एकाएक भाइरल हुनुमा टिम कार्टुनको हात छ ।

केही हप्तापहिले टिम कार्टुनले ‘माया गर’ बोलको गीतमा कभर डान्स गरी युट्युबमा अपलोड गरेको थियो । त्यसपछि गीत टिकटकमा पुग्यो । तसर्थ हेर्दाहेर्दै गीत टिकटक ट्रेन्डिङमा पर्‍यो ।

jackson ribon