birat ribon

राजेन्द्रको शव पोष्टमार्टमका लागि धरान लगियो

Neuro
राजेन्द्रको शव पोष्टमार्टमका लागि धरान लगियो

विराटनगर/मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

cura insider

मंगलबार बिहान प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका ५४ वर्षीय शिक्षक श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि धरान लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । पोष्टमार्टमपछि श्रेष्ठको शव आफन्तलाई जिम्मा लगाउने उनले बताए ।

मंगलबार बिहान विप्लव समूहका कार्यकर्ताले अपहरण गरी शिक्षक श्रेष्ठको घाटी रेटी हत्या गरेका थिए । मंगलबार साँझ समूहका मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै पार्टीविरुद्ध सुराकी गरेका कारण हत्या गरेको स्वीकार गरेका छन् ।

jackson ribon