birat ribon

आन्ध्र प्रदेशमा फैलिएको रहस्यमय रोगका बिरामीको रगतमा सिसा

Neuro
आन्ध्र प्रदेशमा फैलिएको रहस्यमय रोगका बिरामीको रगतमा सिसा

विराटनगर/कोरोना भाइरसको महामारीबीच भारतको आन्ध्र प्रदेशमा फैलिएको रहस्यमय रोगले ग्रसित बिरामीको रगतमा सिसा र निकल भेटिएको छ ।

नयाँ दिल्लीको एम्स अस्पतालको टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार बिरामीको रगतमा सिसा (लिड) र निकल फेला परेको हो । पश्चिम गोदावरी जिल्लामा पर्ने एलुरु सहरमा अज्ञात रोगबाट हालसम्म पाँच सयभन्दा बढी मानिस बिरामी भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

cura insider

स्वास्थ्य अधिकारीहरूले फोहोर खाना र पानीले उक्त समस्या निम्तिएको आशंका गरेका छन् । अन्य थप केही नमुना पठाएको हुँदा रिपोर्टको प्रतीक्षामा रहेको एलुरु सरकारी अस्पतालका सुपरिटेन्डेन्ट डा. एवी मोहनले बताएका छन् । हैदरावादको नेसनल इन्स्टिच्युट अफ न्युट्रिसन (एनआईएन) का एक वैज्ञानिकले बिरामीमा देखिएक लक्षण स्नायुसम्बन्धी समस्या हुन सक्ने अनुमान गरेका छन् ।

सबैजसो बिरामीमा एकै प्रकारका लक्षण देखिएका हुन् । बिरामीमा छारे रोगमा जस्तो बेहोस हुने र एकैछिनमा होस आउने समस्या देखिएको छ । केही घण्टा अस्पताल बसेपछि डिस्चार्ज भइरहेका छन् । राज्यका स्वास्थ्यमन्त्री एके कृष्णा श्रीनिवासका अनुसार अस्पताल भर्ना भएका पाँच सय १० बिरामीमध्ये चार सय ३० जना घर फर्किसकेका छन् ।

यसबीच एक जनाको भने मृत्यु भएको जनाएको छ । स्वास्थ्यमन्त्री श्रीनिवासले बिरामीको संख्या घट्दै गइरहेको हुँदा नआत्तिन सबैलाई अपिल गरेका छन् ।

jackson ribon