birat ribon

कोरोनाविरुद्धको खोपले आत्मबल बढ्छ, जोखिम घट्दैन

Neuro
कोरोनाविरुद्धको खोपले आत्मबल बढ्छ, जोखिम घट्दैन
डा. नवराज सुब्बा
(जनस्वास्थ्यविद्)

कोरोना सङ्क्रमणबाट निको भएका अधिकांश सङ्क्रमितले आत्मबल बलियो बनाए कोरोनामाथि विजय प्राप्त गर्न सकिने अनुभव सुनाउने गरेका छन् ।

नकारात्मक सोच र व्यवहारले मनोवैज्ञानिकरूपमा कमजोर हुँदै जाँदा मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमजोर हुन्छ । त्यसैले कोरोना सङ्क्रमण भए आत्मबल दह्रो बनाउनु पर्ने सङ्क्रमणमुक्त भएकाहरू बताउँछन् ।

cura insider

कोरोना भाइरसको सङ्क्रमणबाट जोखिनका लागि शतप्रतिशत प्रभावकारी खोप आइसकेको छैन । तर, बेलायत, रुस, बहराइनलगायत कतिपय देशमा भने कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु हुने क्रममा छ ।

खोपको परीक्षणमा सहभागिता जनाएका स्वयमसेवीहरूले पनि खोप लगाइसकेका छन् ।

कोरोना भाइरसविरुद्ध खोपको विकास हुने क्रममा रहेकाले मानिसमा सकारात्मक प्रभाव पारिरहेको छ । कोरोनाबाट बच्नका लागि एकमात्र उपाय खोप नै रहेको हुँदा मानिसहरू खोपको प्रतिक्षामा छन् ।

खोप लगाएपछि प्रतिरक्षा प्रणाली भाइरसविरुद्ध लड्न सक्षम हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढ्छ । खोप लगाएका मानिसमा अब सङ्क्रमण हुँदैन भन्ने सोच आउने हुँदा आत्मबल बढ्छ । आत्मविश्वास बढेपछि स्वतन्त्ररूपमा आफ्नो गतिविधि गर्न सक्छन् ।

समुदायमा खोप लगाउने मानिसको संख्या बढी भए सङ्क्रमण हुने सम्भावना न्यून हुन्छ । जसले गर्दा अरूमा पनि सङ्क्रमण फैलिने जोखिम कम हुँदै जान्छ । खोप नलगाएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भने भएको हुँदैन । भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता विकास नगराउने हुँदा खोप नलगाउनेमा सङ्क्रमणको जोखिम उत्तिकै रहन्छ ।

बढी जोखिममा रहेका मानिसलाई खोप लगाइदिसकेपछि अन्यमा सङ्क्रमण फैलिने सम्भावना कम हुन्छ । स्वास्थ्यकर्मी, दीर्घरोगी, वृद्धवृद्धा, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत जोखिम समूहमा रहेका मानिसले खोप लगाउनु नै उचित हुन्छ । जोखिममा रहेका समूहले खोप लगाएपछि उनीहरूको सम्पर्कमा आउने सर्वसाधारणमा सङ्क्रमण सर्ने जोखिम हुँदैन ।

खोप लगाएकाहरूले पनि आफूलाई अब सङ्क्रमण हुँदैन भनेर लापरवाही भने गर्न मिल्दैन । हालसम्म विकास भइरहेका खोपले ६० देखि ९५ प्रतिशतसम्म मात्र प्रभावकारिता देखाउने बताइएको छ । खोप लगाएका सबैजना सुरक्षित हुने, सङ्क्रमण हुँदै नहुने भन्ने हुँदैन । १०० जना खोप लगाएमध्ये सबैमा रोग प्रतिरोधात्मक क्षमता विकास भएको पनि हुँदैन ।

७० देखि ९० जनाको मात्र रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुँदा बाँकी रहेकामा जोखिम पहिलाकै जस्तै रहन्छ । खोप लगाएकामा पनि जोखिम रहन्छ तर, पहिलेको तुलनामा भन्दा कम हुने मात्र हो । त्यस्तै, कोरोना सङ्क्रमण भएर निको भइसकेका व्यक्तिमा पनि पुनः सङ्क्रमण हुने पनि देखिएको छ । अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरसविरुद्ध शरीरमा निर्माण भएको एन्टिबडी तीनदेखि ६ महिनासम्म मात्र रहने देखिन्छ ।

नेपालमा कोरोना नियन्त्रणमा आएको छैन, बरु अरू तीव्ररुपमा बढ्दै जाने देखिन्छ । यस्तो अवस्थामा कोरोनाले स्वरूप परिवर्तन गरेर थप घातक बन्ने जोखिम पनि छ ।

(कुराकानीमा आधारित)

jackson ribon