विराटनगर/युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सी र रसियन क्लब क्रास्नोडरसँग बराबरी अङ्क बाडेको छ ।
मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
चेल्सीको मैदानमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा रेमी काबेल्लाले गोल गर्दै क्रास्नोडरलाई अग्रता दिलाए ।
२८औं मिनेटमा चेल्सीले पेनाल्टी पाएको थियो, जसमा जोर्गिन्होले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए । बाँकी समय गोल नहुँदा दुवैले १–१ अङ्क बाँडे ।
जितसँगै समूह ‘ई’को चेल्सीले १४ अङ्क जोड्दै समूह विजेता बन्यो । ५ अङ्क जोडेको क्रास्नोडर भने तेस्रो स्थानमा रह्यो ।
सोही समूहको अर्को खेलमा सेभिल्लाले रेन्नेसमाथि ३–१ गोलको जित निकाल्यो ।