birat ribon

यी हुन् अक्षय कुमारको आउन लागेका पाँच फिल्महरू

Neuro
यी हुन् अक्षय कुमारको आउन लागेका पाँच फिल्महरू

विराटनगर/ सन् २०२० सिने जगतका लागि कालो वर्ष रह्यो भन्दा फरक नपर्ला । कोरोना कहरका कारण फिल्म हल बन्द भएसँगै प्रायः बलिउड फिल्महरू ओटिटीमार्फत रिलिज गरियो भने कति फिल्म अझै रिलिज हुने तर्खरमै छन् ।

एकै वर्षमा तीनदेखि चारवटा फिल्म हलमा रिलिज गर्ने अभिनेता हुन्, अक्षय कुमार । तर उनको पनि थुप्रै बहुप्रतीक्षित फिल्महरू कोरोना कहरका कारण रिलिज हुन पाएनन् । कति फिल्म भने सुटिङ हुनै पाएनन् ।

cura insider

पछिल्लो रिलिज फिल्म ‘लक्ष्मी’ले ओटिटीमा रेकर्ड बनाउन सफल भयो । बलिउडमा आफ्नो मेहनतले पहिचान बनाउन सफल अक्षय कुमार सबैभन्दा मेहनती अभिनेतामध्ये एक हुन् । उनको आउन लागेका केही फिल्महरूको सूची यस प्रकार छन्ः

सूर्यवंशी : अक्षय कुमारको बहुप्रतीक्षित फिल्म ‘सूर्यवंशी’ सन् २४ मार्च २०२० मै सिनेमा हलमा रिलिज हुनुपर्ने फिल्म हो । तर कोरोना कहरका कारण केही महिना सिनेमा हल बन्द रह्यो र फिल्म रिलिज हुन सकेन ।

फिल्मलाई ओटिटीमार्फत पनि रिलिज गर्न सकिन्थ्यो तर निर्माण टिम फिल्मलाई सिनेमा हलमा नै रिलिज गर्ने तयारीमा लागिपरेका छन् । क्राइम–सस्पेन्स फिल्म सूर्यवंशीलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

फिल्ममा अक्षय कुमार र कट्रिना क्याफ मुख्य भूमिकामा देखिनेछन् भने अजय देवगनको ‘सिंघम’ र रणवीर सिंहको ‘सिम्बा’ फिल्ममा झलक देख्न सकिनेछ । अब अवस्था सामान्य हुँदै गएपछिी फिल्मलाई थिएटर रिलिज गरिने बताइएको छ ।

बेल बटम : बेलबटम एक स्पाइ (जासुस) थ्रिलर फिल्म हो । फिल्ममा अक्षय कुमार साथै वाणी कपुर, लारा दत्ता, आदिल हुसैन, हुमा कुरैसीलगायत कलाकार मुख्य भूमिकामा देखिनेछन् । फिल्मको सुटिङ जारी छ । २०२० मै रिलिज हुनुपर्ने यो फिल्म कोरोना कहरका कारण छाँयाङ्कन हुन सकेन । अब यो फिल्म अप्रिल २,२०२१ मा रिलिज हुनेछ ।

रक्षा बन्धन : आनन्द एल राइको निर्देशनमा बन्न लागेको एक फेमिली ड्रामा फिल्म हो ‘रक्षा बन्धन’ । फिल्मको पोस्टर रक्षा बन्धनको दिन सार्वजनिक गरिएको थियो, जहाँ अक्षय कुमारले यो फिल्म आफ्नो बहिनी एल्कालाई समर्पण गरेका छन् । फिल्म कहिले रिलिज हुने भन्नेबारे अहिले आधिकारिक जानकारी भने आएको छैन तर ५ नोभेम्बर २०२१ मा यो फिल्म रिलिज हुनसक्ने भारतीय मिडियाले जनाएका छन् ।

बच्चन पाण्डे : बच्चन पाण्डे एक रिमेक फिल्म हो । एक्सन कमेडीले भरिएको फिल्ममा अक्षय कुमार र कृति सेनोन मुख्य भूमिकामा देखिँदै छन् भने पहिलो पटक अक्षय र अर्सिदले स्क्रिन शेयर गर्दै छन् । हुन त केही महिना पहिले नै फिल्मको फर्स्टलुक पोस्टरसँगै अक्षयले सिनेमाको रिलिज मिति पनि तोकेका थिए ।

तर कोरोना कहरका बीच फिल्मको सुटिङ गर्नसम्म सम्भव भएन । फिल्म निर्माण टिमले केही दिन पहिले फिल्मको सुटिङ जनवरी २०२१ देखि नै गरिने पनि बताएका छ्न् । फिल्ममा अक्षय कुमार एक ग्याङस्टारको भूमिकामा देखिने छन् भने अर्सिद वर्सी अक्षयको साथीको भूमिका निर्वाह गर्दै छन् ।

यस्तै कृति सेनोन एक पत्रकारको भूमिकामा देखिने छिन् । फिल्मलाई साजिद नाडियालवाले निर्माण गर्नेछन् भने निर्देशन फरहाद समजीले गर्नेछन् ।

रामसेतु : अभिषेक शर्माको निर्देशन अनी अरुणा भाटिया र विक्रम मल्होत्राको निर्माणमा बन्न लागेको फिल्म हो ‘रामसेतु’ । तिहारको अवसर पारेर फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । फस्टलुकमा अक्षय भगवान रामको तस्बिर अगाडि उभिएको देख्न सकिन्छ । फिल्मको छाँयाङ्कन कहिलेदेखि गरिनेसम्बन्धी अफिसियल एनाउन्समेन्ट गरिएको छैन ।

jackson ribon