birat ribon

जाडो मौसममा बालबालिकालाई यी खानाबाट जोगाऔँ

Neuro
जाडो मौसममा बालबालिकालाई यी खानाबाट जोगाऔँ

विराटनगर/ अन्य मौसमको तुलानामा जाडोमा बच्चाहरू धेरै बिरामी हुन्छन् । बालबालिकाहरू चिसोका कारण घाँटी दुखाई, सामान्य चिसो, फ्लू, निमोनिया, पेटको समस्या, संक्रमण, छालाको समस्या र दम जस्ता रोगबाट बढी पीडित हुन्छन् ।

चिसोमा सङ्क्रमण वा बिरामी हुनबाट जोगाउनका लागि बच्चाहरूलाई सही खाना खुवाइ हाइड्रेटेड राख्न आवश्यक हुन्छ । जाडो होस् वा गर्मी, चिनी तथा गुलियो पदार्थ बच्चाहरूको लागि राम्रो हुँदैन ।

cura insider

शरीरमा धेरै चिनीको मात्राले सेता रक्त कोषहरूलाई घटाउन सक्छ । सेता रक्त कोषले सङ्क्रमण तथा अन्य रोगबाट बचाउँछ । जसकारण धेरै चिनी वा गुलियो पदार्थको उपभोगले बच्चाहरूलाई भाइरल र ब्याक्टेरियाको संक्रमण हुन सक्छ ।

जाडोको बेलामा आफ्ना बच्चाहरूलाई सोडा, कोल्ड ड्रिङ्क, क्यान्डी, चकलेट, अत्यधिक परिष्कृत र प्रशोधित खानाबाट सक्दो टाढा राख्नुपर्छ । केही खानामा पाइने हिस्टामाइन नामक रसायनले शरीरलाई एलर्जीसँग लड्न मद्दत गर्छ । तर, जाडो मौसममा हिस्टमाइन भएको खानाको सेवनले खकार उत्पादन गराउँछ, जसले घाँटीको समस्या निम्त्याउन सक्छ ।

हिस्टामाइन टमाटर, एवोकाडो, भान्टा, मायोनिज, च्याउ, लस्सी, अचारलगायत खाद्य पदार्थमा पाइन्छ । बटर र ओमेगा ३ फ्याट्टी एसिड जस्ता पशु उत्पादनहरूबाट बोसो र तेलले र्‍याल, सिँगान र खकारलाई गाढा बनाउने काम गर्छ । यसैले जाडो मौसममा तेलीय र अधिक नुन भएको खाना खानु हुँदैन ।

सबै जनावरबाट पाइने प्रोटिनले र्‍याल र खकारको गाढापन निम्त्याउँछ जसले बच्चाहरूलाई केही कुरा खाएपछि निल्न गाह्रो बनाउँछ । बच्चाहरूलाई पनीर, क्रीम र क्रीम–आधारित सुप खान दिनुहुँदैन । विशेषगरी नाक वा घाँटी बन्द हुने समस्या भएका बालबालिकालाई यस्ता किसिमको खानाबाट सक्दो टाढा राख्नुपर्छ ।

मासु पनि अत्याधिक प्रोटिनले भरिपूर्ण हुन्छ, जसले सिँगान र खकारको उत्पादनलाई प्रोत्साहित गर्छ । साथै यसको सेवनले घाँटीको जलन पनि पैदा गर्न सक्छ । प्याक गरिएको मासु तथा अन्डाको सेवन गर्नु हुँदैन । आफ्ना बच्चाहरूलाई मासु खुवाउन चाहेमा थोरै मात्रामा माछा र जैविक मासुको सेवन गराउन सकिन्छ ।

jackson ribon