birat ribon

श्रेष्ठ हत्या प्रकरण : हात बाँधेकाे अवस्थामा भेटियो शव

Neuro
श्रेष्ठ हत्या प्रकरण : हात बाँधेकाे अवस्थामा भेटियो शव

विराटनगर / मंगलबार बिहान अपहरणमा परेका शिक्षकको शव धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेको छ ।

cura insider

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका– १ का शिक्षक राजेन्द्र श्रेष्ठको हात बाधेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

स्थानीयको भनाई उद्दत गर्दै प्रहरीले मंगलबार बिहान गोली हानी हत्या भएको बताएको थियो । दिउँसो ४ बजे प्रहरी घटना स्थल पुगेको प्रहरीले गोली प्रहार नभई घाटी रेटिएको अवस्थामा शव भेटिएको बताएको छ । नेपाल प्रहरी प्रदेश १ का डिआइजी इश्वरबाबु कार्कीले हात बाधेर घाटी रेटिएको अवस्थामा शव फेला परेको बताए ।

मंगलबार बिहान घरबाट अपहरणमा परेका ५४ वर्षीय श्रेष्ठको शव बिहान करिब ८ बजे गाउँलेले घर नजिकैको जंगलमा फेला परेको थियो ।

गाउँलेले घटनास्थलबाट प्रहरीलाई गोली पड्किएको आवाज आएको बताएपछि स्थानीयलाई उद्दत गर्दै मोरङ प्रहरीले गोली प्रहार गरी हत्या भएको बताएकाे थियाे । तर दिउँसो ४ बजे घटनास्थल पुगेको प्रहरी टोलीले गोली धारिलो हतियार प्रयोग गरेको अवस्थामा शव फेला पारेको डिआइजी कार्कीले बताए । शिक्षक श्रेष्ठको हत्यामा संलग्नको पहिचान भइनसकेको कार्कीले बताए ।

श्रेष्ठको घाँटीको अगाडिपट्टि (रुद्र घण्टी) दुई ठाउँ रेटेको र टाउकोमा पनि चोट रहेको प्रहरीले जनाएको छ । तर दुई इञ्चजति चोट रहेको भए पनि घाँटी छिनेको भने छैन । घटनास्थलबाट उनीमाथि प्रहार भएका लट्ठीहरु प्रहरीले फेला पारेको छ । श्रेष्ठले लगाउने टोपी, चप्पल र बोक्ने मोबाइल पनि फेला परेको छ । सुरुमा घटनाको जानकारी उनका भतिज महेशले प्रहरीलाई दिएका थिए ।

प्रहरीले घटनास्थलको भुइँ मडारिएको अवस्थामा भेटिएको र घटनाको प्रकृति हेर्दा उक्त समूहबाट जोगिनका लागि प्रअ श्रेष्ठले प्रतिकार गरेको हुनसक्ने देखिएको जनाएको छ । ‘घटनाको प्रकृति हेर्दा बाँच्नका लागि निक्कै संघर्ष गरेकोजस्तो देखिन्छ । भुइँ मज्जाले मडारिएको छ,’ घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘कुनै कुराको माग गरेको समूहले माग पूरा नहुने बुझेपछि श्रेष्ठको हत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ ।’

सुरुमा गोली हानेर घटना गराइएको हुनसक्ने बताए पनि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेपछि घाँटी रेटेर हत्या गरेको पाइएको हो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक (प्रअ) हुन् । २०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए । मंगलबार बिहान लगभग ६ बजेतिर आइपुगेको पाँच÷सात जनाको संख्यामा रहेको समूहले उनलाई घरयासी काम गरिरहेको अवस्थामा घरैबाट अपहरण गरेर लगेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

अपहरण गरेर अगाडिबाट दुवै हात बाँध्दै बोल्न पनि नदिइकन जंगलमा पु¥याएर हत्या गरिएको अवस्थामा शव भेटिएको वडा अध्यक्ष नरबहादुर राईले जानकारी दिए । उनका अनुसार हात बाँध्दै उत्तानो पारेर भुइँमा लडाएको अवस्थामा शव फेला परेको हो । उक्त समूहले घरमा एक्लै भएको अवस्थामा आफूलाई कब्जामा लिएपछि प्रअ श्रेष्ठले नजिकका छरछिमेकीलाई सुनाएका थिए । होहल्ला गर्दै सुनाएपछि त्यस विषयमा स्थानीयले चासो लिन थालेको केही बेरमै उनको हत्या भएको खवर आएको वडा अध्यक्ष राईले बताए ।

श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन र काम गर्न गएको अवस्थामा घटना भएको सुनाइन् । घरभन्दा बाहिर रहेका कारण श्रीमानलाई अपहरणकारीले कब्जामा लिँदै जंगलमा पु¥याएर हत्या गर्दा पनि आफूले पत्तै पाउन नसकेको उनले बताइन् । प्रअ श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै घटनास्थल र मिक्लाजुङ क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सर्च थालिएको जानकारी दिए । घटनामा संलग्नको पहिचान गर्न र उनीहरुलाई पक्राउ गर्नका लागि एसपी खड्का आफै विशेष टोली लिएर घटनास्थल पुगेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि जतिसक्दो चाँडो अनुसन्धानमार्फत घटनाको वास्तविकता र दोषी पत्ता लगाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

jackson ribon