birat ribon

सर्वदलीय बैठकमा काङ्ग्रेसले भन्यो : सरकारका गलत कामको परिणाम सकडमा देखियो

Neuro
सर्वदलीय बैठकमा काङ्ग्रेसले भन्यो : सरकारका गलत कामको परिणाम सकडमा देखियो

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरूले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् ।

cura insider

बैठकमा सहभागी भएका नेपाली काङ्ग्रेसका नेताहरूले वर्तमान सरकारले गरेका गलत कामहरूको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै काङ्ग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बताए ।

प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरूको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरूले बताएका छन् ।

उनले सरकार सच्चिएर लोकतान्त्रिक पद्धतिको मर्मअनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताए ।

उनले भने, ‘अहिलेको असन्तुष्टि भनेको मुलभूत रूपमा वर्तमान सरकारप्रतिको असन्तुष्टि हो । त्यो असन्तुष्टिलाई विभिन्न कोणबाट आफ्नो पक्षमा उपयोग गर्ने कोशिश गरिएको छ । त्यसकारण सरकार सच्चियो भने लोकतान्त्रिक पद्धति, जुन स्थापित गरेका छौं त्यो प्रद्धतिअनुरुप, त्यसको मर्मअनुसार सरकार चल्ने हो भने कुनैपनि प्रवृति सफल हुन सक्दैन । हामीले जुन संविधान निर्माण गरेका छौं हाम्रो सबैको सहमतिबाट बनेको संविधान हो । यो कार्यान्वयनमा जुन त्रुटी कमजोरी र विभेदकारी किसिमबाट निर्वाचित सरकारले उपयोग गर्ने कोशिश गरेको छ त्यसले गर्दा असन्तुष्टि देशमा बढेको छ । त्यसकारण सरकारले सच्चिएर संविधानको मर्मअनुसार चल्यो भने सबै कुरा ठीक हुन्छ ।’

यस्तै सरकारले आफूभन्दा फरक विचार राख्नेहरूमाथि गरेको दमनकारी व्यवहारबाट आजित भएर पनि सडकमा असन्तुष्टि देखा परेको कुरा राखेको पनि सहमहामन्त्री महतले बताए । सरकारले लोकतान्त्रिक संस्थाहरूलाई चलाएर लोकतान्त्रिक संविधानको मर्मविपरीत काम गरेकाले पनि समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

jackson ribon