birat ribon

यी चार गल्तीका कारण तौल घटाउन नसकिने

Neuro
यी चार गल्तीका कारण तौल घटाउन नसकिने

विराटनगर/कोरोना भाइरस सङ्क्रमणले निम्त्याएको जीवनशैलीका कारण मानिसहरू पहिलाको तुलनाभन्दा धेरै निस्क्रिय हुन थालेका छन् ।

cura insider

घरमा धेरै समय बिताइरहँदा, टिभी, मोबाइल, ल्यापटपलगायतका उपकरणमा धैरै समय बिताउँदा, एकै ठाउँमा धेरै समय बस्दा, खानपानमा ध्यान नदिँदा र शारीरिक गतिविधिको कमीका कारण शरीरको तौल बढ्नु आजकलका मानिसहरूका लागि एक सामान्य समस्या बनिसकेको छ । तौल बढ्नुको पछाडि प्रायः धेरै कारण हुन्छन् ।

तर, दैनिक थाहा नपाई गरिने केही खराब बानीका कारणले पनि मानिसले तौल बढाइरहेको हुन सक्छ । धेरै व्यक्तिका लागि तौल घटाउनु आफैंमा गाह्रो काम हो । तर, तल दिएका केही बानीलाई परिवर्तन गरेमा तौल घट्ने प्रक्रियाले अवश्य पनि गति लिने देखिन्छ ।

शरीरलाई चाहिनेभन्दा धेरै निद्राले तौल बढाउने काम गर्छ । रातमा नौ घण्टाभन्दा बढी सुत्नुलाई अधिक सुताइ मानिन्छ । यद्यपि, सात घण्टाभन्दा कम निद्राले पनि स्वास्थ्यमा खराब प्रभाव पार्न सक्छ । अधिक निद्राका कारण शरीरको तौल छिटो बढ्छ । साथै, दिनमा सुत्दा पनि तौललाई असर गर्ने हुँदा दैनिक ७ देखि ८ घण्टाको समय मिलाएर छिटो उठ्ने बानी बसाउनु पर्छ ।

बिहान उठ्नेबित्तिकै एक गिलास पानीको साथ दिनको सुरुवात स्वास्थ्यका लागि लाभदायक हुन्छ । उठ्नेबित्तिकै पानी पिउँदा रातको समयमा डिहाइड्रेट भएको शरीरलाई हाइड्रेट गर्न मद्दत गर्छ । पानीले शरीरमा सन्तुलन कायम राख्न मद्दत गरी छिटोछिटो भोक लागेको जस्तो महसुस हुन दिँदैन । साथै, पर्याप्त पानीले क्यालोरी बर्न गर्न, पाचन क्षमता बढाउन र शरीरबाट हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।

तौल घटाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको व्यायाम वा शारीरिकरुपमा सक्रिय हुनु हो । दैनिक बिहान केही मिनेट शरीरलाई तन्काउँदा तौल घटाउन सहयोग पुर्‍याउँछ । त्यस्तै बिहानको समयमा ध्यान गर्नाले तनाव कम गर्छ । तनाव हर्मोन उच्च भएमा भोक धेरै लाग्छ, जसकारण तौल बढ्न सक्छ । ध्यान गर्नाले दिमागलाई शान्त राख्न मात्र नभई तौल घटाउन पनि मद्दत गर्छ ।

बिहानको खाजा अर्थात् ब्रेकफास्ट छोड्नाले पनि शरीरको तौल बढाइरहेको हुन्छ । जति नै हतार भए पनि बिहानको खाजा खान कहिले पनि छोड्नु हुँदैन । ब्रेकफास्ट नगर्दा मेटाबोलिजमलाई असर गर्छ जसले शरीरभित्र गडबडी सुरु हुन्छ । यसको कारण मानिसमा ग्यस्ट्रिक हुने, अपच हुने तथा तौल बढ्ने सम्भावना हुन्छ । बिहान नखाँदा शरीर दिनभर सुस्त हुन्छ र अधिक जङ्क फुड खाने इच्छा आउँछ । जङ्क फुडको सेवनले पनि तौल बढ्न सक्छ ।

jackson ribon