birat ribon

मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा कोरोना सङ्क्रमण, २३ जनाको मृत्यु

Neuro
मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा कोरोना सङ्क्रमण, २३ जनाको मृत्यु

विराटनगर/ नेपालमा मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै सङ्क्रमितको संख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १२ हजार छ सय ८६ रहेको छ ।

यसैगरी आज थप एक हजार छ सय २१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय ३७ पुगेको छ ।

jackson ribon