birat ribon

स्वारेज च्याम्पियन्स लिग खेल्ने टोलीमा फर्किए

Neuro
स्वारेज च्याम्पियन्स लिग खेल्ने टोलीमा फर्किए

विराटनगर/ स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्टार फरवार्ड लुइस स्वारेज टोलीमा फर्किएका छन् । पछिल्ला केही खेल गुमाएका उरुग्वेका स्टार स्वारेज च्याम्पियन्स लिगअन्तर्गत रेडबुलल साल्जबर्गविरुद्ध खेल्ने टोलीमा फर्किएका हुन् ।

cura insider

बुधबार एथ्लेटिकोले अष्ट्रियन क्लब साल्जबर्गसँग खेल्दैछ । सो खेलमा एथ्लेटिको नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । एथ्लेटिको ६ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा छ ।

एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले साल्जबर्गविरुद्धको खेलका लागि स्वारेजलाई प्रारम्भिक टोलीमा राखेका छन् । कोरोना सङ्क्रमणपछि पनि उनी ला लिगाअन्तर्गत रियल भाल्लाडोलिडसँगको खेलबाट मैदान फर्किएका थिए ।

तर, त्यसअघिका च्याम्पियन्स लिगका खेलमा भने उनी उपस्थित थिएनन् । उनले च्याम्पियन्स लिगमा बायर्न म्युनिख र लोकोमोटिभ मस्कोसँगको दोस्रो खेल गुमाएका थिए । ला लिगामा भने उनले पूर्वक्लब बार्सिलोना र भ्यालेन्सियाको खेल खेलेका थिएनन् ।

यसै समरमा क्याप नोउबाट एथ्लेटिको आएका उनले सोमबारबाट प्रशिक्षण गरेका छन् । अब उनले भोलि राति हुने खेल खेल्ने अपेक्षा गरिएको छ ।

jackson ribon