birat ribon

प्रोटिनको अभावमा शरीरमा देखिन्छन् यस्ता समस्या

Neuro
प्रोटिनको अभावमा शरीरमा देखिन्छन् यस्ता समस्या

विराटनगर/स्वास्थ्य रहनका लागि धेरै मात्रामा खानुभन्दा पनि पर्याप्त पोषणयुक्त खानु धेरै महत्त्वपूर्ण हुन्छ ।

शरीरमा दैनिक चाहिने विभिन्न पौष्टिक तत्त्वहरूमा प्रोटिन एक आवश्यक तत्व हो । प्रोटिनले मांसपेशी, छाला, एन्जाइम र हर्मोनको निर्माण गर्छ । प्रोटिनले शरीरको सबै टिस्युमा एक महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

cura insider

धेरै खानामा प्रोटिन पाइन्छ, जसकारण विकसित देशका मानिसमा प्रोटिनको अभाव हुनु दुर्लभ छ । तर, असन्तुलित आहार, बालबालिका, बृद्ध र अस्पतालमा भर्ना बिरामी अझै पनि जोखिममा हुन सक्छन् ।

दैनिक आहारमा सेवन गरिने खानाबाट शरीरको आवश्यकता पूरा गर्न असक्षम हुँदा प्रोटिनको अभाव हुन्छ । शरीरमा प्रोटिनको अभावका कारण स्वास्थ्यसम्बन्धी विभिन्न समस्या निम्तिने गर्छ । क्वासीअर्कर, प्रोटिनको अभावमा देखिने सबैभन्दा गम्भीर रूप हो, जुन प्रायजसो विकासोन्मुख देशका बच्चाहरूमा देखा पर्छ ।

सुख्खा कपाल, कमजोर नङ, सुख्खा छाला प्रोटिनको अभावका कारण हुन सक्छ । प्रोटिनको अभावका कारण प्रारम्भिक थकान, मांसपेशीको मात्रा घट्ने, जोर्नीको दुखाइ जस्ता शारीरिक समस्या हुन सक्छन् । शरीरमा प्रोटिनको कमी हुँदा हड्डीहरू कमजोर हुने वा भाँच्चिने हुन्छन् । क्याल्सियम मात्र नभएर प्रोटिन पनि हड्डीलाई मजबुत बनाउनका लागि आवश्यक हुन्छ ।

प्रोटिनको अभावका कारण रगतमा चिनीको मात्रा कम हुन्छ जसले थकान, कमजोरी तथा बारम्बार भोक लागेको महसुस गराउन सक्छ । भोक लागेपछि धेरै खाइने हुँदा यले तौल बढाएर मोटोपनाको समस्या पनि निम्त्याउन सक्छ । प्रोटिनको अत्यधिक अभावका कारण शरीरमा हेमोग्लोबिन पनि घट्छ ।

रगतमा सेता रक्तकोषमा कमी आउन सक्छ । जसकारण शरीरको प्रतिरोध क्षमता कम हुन्छ र विभिन्न रोग तथा सङ्क्रमणबाट पीडित हुने सम्भावना रहन्छ । अपर्याप्त प्रोटिन सेवनले बच्चाको विकासमा ढिलाइ हुने वा वृद्धिलाई रोक्न सक्छ । खानामा प्रोटिनको कमीले दिमागमा पनि नकारात्मक असर पर्छ ।

मेमोरी भण्डारण जस्ता कार्य मस्तिष्कको एक भाग प्रोटिनले बनेको हुन्छ । त्यसैले, प्रोटिनको अभावमा स्मरण शक्ति कमजोर हुँदै जान्छ ।

jackson ribon