birat ribon

राकिटिकलाई च्याम्पियन्स लिगबाट ठूलो आश

Neuro
राकिटिकलाई च्याम्पियन्स लिगबाट ठूलो आश

विराटनगर/ यसै समर ट्रान्सफरमा बार्सिलोनाबाट सेभिल्ला फर्किएका क्रोएशियन स्टार इभान राकिटिकले च्याम्पियन्स लिगबाट आफू आशावादी रहेको बताएका छन् ।

cura insider

फ्रेन्च क्लब रेन्नेससँगको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै राकिटकले आफूहरूले यस सिजनको च्याम्पियन्स लिगबाट ठूलो अपेक्षा राखेको बताएका हुन् ।

सेभिल्लाले च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पाँचौं खेलमा आज राति रेन्नेससँग खेल्दैछ । नेपाली समयअनुसार राति १ः४५ बजे हुने सो खेल रेन्नेसको मैदानमा हुनेछ ।

सेभिल्ला यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ । उसले पाँच खेलबाट १० अंक जोडेको छ ।

‘हामीले धेरै कुरामा आफूहरूलाई सावित गर्नुछ र यसका लागि आगामी दिनका लागि तयारी पनि गर्नुछ’, राकिटिकले भने, ‘च्याम्पियन्स लिगमा महत्त्वपूर्ण भूमिका निभाइरहँदा हामी धेरै नै खुशी छौं । क्लब सही बाटोमा छ । पछिल्ला वर्षहरूमा धेरै उपलब्धी हासिल गरेको छ ।’

सेभिल्ला हालै मात्र युरोपा लिगबाट च्याम्पियन्स लिगमा छलाङ मारेको हो । सन् २०१४ मा सेभिल्लालाई युरोपा लिगको उपाधि जिताएर बार्सिलोना गएका उनी पुनः फर्किएर अर्को उपाधि जिताएका थिए । सेभिल्लालाई २०१९ को युरोपा लिगको उपाधि जिताएका राकिटिकले अब च्याम्पियन्स लिगबाट पनि अपेक्षा गरेको बताए ।

‘अब च्याम्पियन्स लिगबाट पनि हामीले ठूलो आशा छ । २०१४ मा क्लबलाई उपाधि दिलाएको सम्झिँदा फेरि पनि उस्तै माहोल सिर्जना गर्न मन छ । किनकि, आफ्नै कप्तानीमा युरोपा लिग जित्दाको त्यो क्षण निकै सुन्दर थियो,’ उनले भने ।

jackson ribon