birat ribon

इजरायलमा केयर गिभर लैजाने तयारी

Neuro
इजरायलमा केयर गिभर लैजाने तयारी

काठमाडौँ/इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ ।

cura insider

नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताए । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।

सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनोटको प्रक्रिया सुरु गरिने राजदूत गोडरले बताए ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताए । सम्झौताअनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपली श्रमिकले इजरायली नागरिकसरहको सेवा सुविधा र संरक्षणसमेत पाउने छन् ।

jackson ribon