birat ribon

मधुमेहबाट पीडित धेरै व्यक्ति हार्ट अट्याकको जोखिममा

Neuro
मधुमेहबाट पीडित धेरै व्यक्ति हार्ट अट्याकको जोखिममा

विराटनगर/टाइप २ मधुमेहबाट पीडित धेरै व्यक्ति हार्ट अट्याकको जोखिममा हुन सक्ने अध्ययनले देखाएको छ ।

cura insider

युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीको अध्ययनअनुसार टाइप २ मधुमेह भएका ९० प्रतिशतभन्दा बढी मानिस १० वर्षभित्र हृदय रोग वा स्ट्रोकको उच्च जोखिममा छन् । अध्ययनमा बिरामीको बहुमत (९३ प्रतिशत)मा एक दशकभित्र विभिन्न रोगको उच्च जोखिम देखिएको थियो ।

क्याटालान इन्स्टिच्युटका चिकित्सक तथा अध्ययन लेखक डा. मनेल माटा–केसले बताएअनुसार धेरै जोखिममा रहेका समूहका आधा बिरामीहरूमा हृदय रोगको कुनै इतिहास थिएन जसकारण उनीहरूले हृदयघात र स्ट्रोकलाई रोक्ने औषधिको सेवन गरेका हुँदैनन् । तीन लाख ७५ हजार जना समावेश गरिएको अध्ययनमा सहभागी आधाभन्दा केही थोरै महिला थिए ।

अध्ययनमा सहभागिता जनाएकामध्ये ७२ मा प्रतिशत उच्च रक्तचाप, ६० प्रतिशतमा उच्च कोलेस्ट्रोल, ४५ प्रतिशतमा मोटोपना र १४ प्रतिशत वर्तमान धुम्रपान गर्नेहरू थिए । अध्ययनकर्ताले आधाभन्दा बढी सहभागीले १० वर्षभित्र घातक हृदय रोगको धेरै उच्च जोखिममा रहेको र ७ प्रतिशत मध्यम जोखिममा रहेको पत्ता लगाएका हुन् ।

टेक्सास हृदय रोग विशेषज्ञ डा. मार्क पिटरम्यानका अनुसार मधुमेहले एथेरोस्क्लेरोसिसको गति बढाउनुका साथै मटुको धमनीमा अवरोध बढाउने काम गर्छ । यो सुजनको कारण बन्न गई यी अवरोधहरूलाई अस्थीर बनाई रक्तनली फुट्न सक्छ जुन पछि गएर हृदयघात वा स्ट्रोकको कारण हुन सक्छन् ।

jackson ribon