birat ribon

बेलायतमा खोप अभियान सुरु, ९० वर्षीया महिलाले लगाइन् पहिलो कोभिड–१९ खोप

Neuro
बेलायतमा खोप अभियान सुरु, ९० वर्षीया महिलाले लगाइन् पहिलो कोभिड–१९ खोप

विराटनगर/बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ९० वर्षीया महिलाले लगाएर खोपको अभियान सुरु भएको हो । अर्को साता ९१ वर्ष पुग्नेमध्ये बेलायतको एनिस्किल्लेन निवासी मार्गरेट किनानले आफूले सबभन्दा राम्रो पूर्व जन्मदिनको उपहार पाएको बताएकी छिन् ।

cura insider

उनी पहिलो चरणमा करिब आठ लाख खोपको डोज लगाउनेमध्ये पहिलो बनेकी छिन् । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्ति तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई खोप दिइने भएको छ । गत बुधबार बेलायतको नियामक निकायले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत दिएको थियो ।

बेलायतले उक्त खोपको चार करोड डोज पहिले नै अर्डर गरिसकेको थियो । प्रत्येक व्यक्तिलाई खोपको दुई डोज दिइने छ । खोपको दुई डोज दिनुपर्ने हुँदा यसबाट करिब दुई करोड मानिसलाई खोप दिन पुग्नेछ । बेलायतले यही डिसेम्बर महिनाको अन्त्यसम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा राखेको छ ।

बेलायती नियामक निकाय एमएचआरएका अनुसार फाइजरर बायोएन्टेकको यो खोपले कोभिड १९ बाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्छ । फाइजर कम्पनीले बनाएको खोप एक नयाँ प्रकारको एमआरएनए कोरोना खोप हो, जसमा महामारीको समयमा भेटिएको कोरोना भाइरसको जेनेटिक कोडको सानो टुक्रा प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार जेनेटिक कोडको सानो टुक्राले शरीरमा गएर रोग प्रतिरोधात्मक शक्तिको विकास गर्न र कोभिडविरुद्ध शरीरलाई लड़्नका लागि तयार बनाउँछ । केवल १० महिनामा तयार भएको यो खोप संसारमा सबभन्दा द्रुत विकसित खोप हो । सामान्यतया यस्तो खोप तयार गर्न एक दशकसम्म लाग्न सक्छ ।

jackson ribon