birat ribon

पीएसजीको नजर नकआउट चरणमा

Neuro
पीएसजीको नजर नकआउट चरणमा

विराटनगर/ युरोपियन च्याम्पियन्स लिगमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले र टर्किसको क्लब स्तानबुल बसाखसेरसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने यो खेल पीएसजीको मैदानमा हुनेछ ।

cura insider

यस खेलमा पीएसजी अघिल्लो चरणमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रिँदैछ । पीएसजी ९ अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा छ । अब उसलाई नकआउट चरण पुग्न एक अंकको खाँचो छ ।

यता, बसाखसेर भने ३ अंकका साथ पुछारमा छ । अघिल्लो भेटमा पीएसजी अवे मैदानमा २–० गोलले विजयी भएको थियो ।

सोही समूहका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र जर्मन क्लब आरबी लेइपिज पनि अघिल्लो चरणमा स्थान बनाउने लक्ष्यसहित एक–अर्काविरुद्ध खेल्दैछन् । राति १ः४५ बजे नै युनाइटेडले लेइपिजसँग उसैको मैदानमा खेल्न लागेको हो ।

समूह चरणका पाँच खेल खेलिसकेका युनाइटेड र लेइपिजसँग समान ९–९ अंक छ । युनाइटेड गोलान्तरको आधारमा अगाडि रहँदै दोस्रो स्थानमा छ भने लेइपिज तेस्रो स्थानमा छ ।

अघिल्लो भेटमा युनाइटेडले ओल्ड ट्राफोर्डमा ५–० गोलान्तरको फराकिलो जित निकालेको थियो ।

jackson ribon