birat ribon

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ आठ हजार आठ सय ४८.८६

Neuro
सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ आठ हजार आठ सय ४८.८६

काठमाडौ / विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मङ्गलबार दिउँसो नापी विभागमा आयोजित पत्रकार सम्मेलन गरी नयाँ उचाइ सार्वजनिक भएको हो ।

cura insider

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको ८६ सेन्टिमिटर उचाइ बढेको घोषणा गरे । अब सगरमाथाको उचाइ आठ हजार आठ सय ४८.८६ मिटर पुगेको छ ।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक सगरमाथाकाे उचाइ मापन गरेकाे हो ।

फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।

यही १० मङ्सिरको मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।

त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो ।

चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्वेमा काठमाडाैंका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो  ।

jackson ribon