birat ribon

युनाइटेड र लेइपिज भिड्दै, दुवैको नजर अघिल्लो चरणमा

Neuro
युनाइटेड र लेइपिज भिड्दै, दुवैको नजर अघिल्लो चरणमा

विराटनगर/ युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब आरबी लेइपिजको सामना गर्दैछ । समूह चरणको अन्तिम खेलअन्तर्गत युनाइटेडले लेइपिजसँग उसैको मैदानमा खेल्न लागेको हो ।

cura insider

नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने सो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाउने योजनामा छन् । समूह चरणका पाँच खेल खेलिसकेका दुवैसँग समान ९–९ अंक छ ।

युनाइटेड गोलान्तरको आधारमा अगाडि रहँदै दोस्रो स्थानमा छ भने लेइपिज तेस्रो स्थानमा छ । अघिल्लो भेटमा युनाइटेडले लेइपिजमाथि ओल्ड ट्राफोर्डमा ५–० गोलान्तरको फराकिलो जित निकालेको थियो ।

समूह ‘एच’कै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्तानबुल बसाखसेर पनि प्रतिस्पर्धामा छन् । राति १ः४५ बजे हुने यो खेल पीएसजीको मैदानमा हुनेछ ।

पीएसजी ९ अंकसहित शीर्ष स्थानमा छ भने बसाखसेर ३ अंकका साथ पुछारमा छ । अघिल्लो भेटमा पीएसजी अवे मैदानमा २–० गोलले विजयी भएको थियो ।

jackson ribon