birat ribon

यी लक्षण देखिए स्तन क्यान्सरको जोखिम रहन सक्छ

Neuro
यी लक्षण देखिए स्तन क्यान्सरको जोखिम रहन सक्छ

विराटनगर/महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ ।

cura insider

त्यस्तै, क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि फोक्सोको क्यानसरपछि स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ ।

स्तन क्यान्सर प्रायः दुध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सरको पहिलो लक्षणमा सामान्यतया स्तनको कुनै ऐक भागको टिस्यु बाक्लो हुने वा स्तन र काखी नजिकै गाँठोको रूपमा देखा पर्छ ।

स्तन क्यान्सरका अन्य लक्षण :

– स्तन तथा काखीको वरपर दुखाइ ।

– काखी तथा स्तन वरपर नदुख्ने गाँठो आएमा ।

– स्तनको मुन्टा वरपर वा मुन्टामा ¥यास देखापरेमा ।

– स्तनको मुन्टाबाट केही बगेको जस्तो महसुस भएमा वा रगत बगेमा ।

– स्तनको मुन्टा सुकेको जस्तो वा भित्र जान थालेमा ।

– स्तन वरपरको छालामा निको नहुने घाउ वा छाला निस्किने समस्या आएमा ।

– स्तनको आकारमा परिवर्तन आएमा ।

– स्तनको रङ परिवर्तन हुन थालेमा वा रातो भएमा आदि ।

अधिकांश स्तनमा देखिने गाँठो क्यान्सर हुँदैनन् । तर, स्तनमा गाँठो वा केही परिवर्तन देखेका महिलाहरूले जाँचका लागि डाक्टरका जान जरुरी हुन्छ ।

jackson ribon