birat ribon

संसद सेवा दिवसका अवसरमा विभिन्न कार्यक्रम

Neuro
संसद सेवा दिवसका अवसरमा विभिन्न कार्यक्रम

काठमाडौँ/संघीय संसद सचिवालयले सङ्घीय संसद सेवा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

cura insider

सङ्घीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं सङ्घीय संसद सेवा दिवस–२०७७’ मनाउन लागेको हो । २०५८ मङ्सिर २८ गते संसद सेवालाई निजामती सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मङ्सिर २८ गतेदेखि संसद सेवा दिवस मनाइँदै आएको छ ।

२०५८ देखि २०६३ को बीचमा संसद नै नरहेका कारण संसद सेवा दिवस मनाइएको थिएन । सोही दिवस मनाउने क्रममा सङ्घीय संसद सचिवालयले रक्तदान, वक्तित्वकलालगायत विविध कार्यक्रम आयोजना गरेको छ ।

मङ्गलबार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोभिडको परिस्थितिमा रक्तदानको विशेष महत्व भएको बताए । उनले अस्पतालहरुमा रगतको अभाव भएको समाचार आइरहेको अवस्थामा संघीय संसद सचिवायलले गरेको रक्तदानले सहजता पुर्‍याउने विश्वास व्यक्त गरे ।

संसद दिवसको दिन (मंसिर २८ गते) विशेष कार्यक्रम आयोजना हुने संघीय संसद सचिवायले बताएको छ । संघीय संसदअन्तर्गतका दुवै सदनमा १६ वटा विषयगत समिति रहेका छन् । संसद सेवाभित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्दै आएका छन् ।

jackson ribon