birat ribon

तौल घटाउनका लागि यी पाँच फल एकदम फाइदाजनक

Neuro
तौल घटाउनका लागि यी पाँच फल एकदम फाइदाजनक

विराटनगर/तौल घटाउने प्रयास गरिरहेकाले दैनिक आफ्नो आहारमा फलफूल समावेश गर्नु उत्तम हुन्छ ।

cura insider

फाइबरले लामो समयका लागि पेट भरिएको जस्तो अनुभव गराउँछ । पौष्टिक तत्वले भरिएका सबै प्रकारका फल स्वास्थ्यका लागि राम्रो मनिन्छन् । तर, तौल घटाउने कुरामा अन्य फलको तुलनामा यी पाँच फल एकदम फाइदाजनक हुन्छ :

स्याउ : केवल ४ ग्राम फाइबर र ९५ क्यालरी हुने स्याउको सेवन तौल घटाउनका लागि उत्तम मानिन्छ । उच्च फाइबर सामग्रीको कारणले स्याउ पचाउन अधिक समय लाग्छ । धेरै अध्ययनका अनुसार स्याउले तौल घटाउन सहयोग पुर्‍याउनुका साथै उच्च कोलेस्ट्रोलको जोखिम पनि कम गर्न सक्छ ।

केरा : अन्य फलको तुलनामा धेरै क्यालरी हुने केरामा विभिन्न पोषक तत्व हुन्छ । केरा पोटासियम, म्याग्नेसियम, म्यागनिज, फाइबर, भिटामिन र असङ्ख्य एन्टिअक्सिडन्टहरूले भरिएको हुन्छ । प्रत्येक दिन केराको सेवनले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न, उच्च कोलेस्ट्रोलको जोखिम कम गर्न र स्वस्थ तौल कायम गर्न सहयोग पु¥याउन सक्छ ।

बेरी : विभिन्न प्रकारका भिटामिन र एन्टिअक्सिडन्टले भरिएका बेरीमा क्यालरीको मात्रा कम हुन्छ । एक सय ५० ग्राम स्ट्रबेरीमा जम्मा ५० क्यालरी हुन्छ । क्यालरीको मात्रा नाप्दै खानेहरूका लागि बेरीको सेवन फाइदाजनक हुन सक्छ । यसले तौल अटाउनका लागि सहयोग पुर्‍याउँछ ।

सुन्तला : जाडोको मौसमलाई सुन्तलाको मौसम पनि भनिन्छ । तौल घटाउन चाहनु हुनेले आफ्नो आहारमा सिट्रिक फललाई समावेश गर्नु आवश्यक हुन्छ । प्रशस्त मात्रामा भिटामिन सी, फाइबर पाइने सुन्तलामा क्यालरीको मात्रा निकै कम हुन्छ । एउटा सुन्तलामा केवल ४५ क्यालरी हुन्छ ।

मेवा : मेवामा पापाइन नामक इन्जाइम हुन्छ, जसले शरीरको मेटाबोलिजम बढाएर पेटमा भएको खाद्य पदार्थ तोड्न मद्दत गर्छ । वर्षभरि उपलब्ध हुने मेवाको सेवनले शरीरमा धेरै समयसम्म बोसो जम्मा हुन दिँदैन जसकारण तौल बढ्नबाट रोक्छ । भिटामिन सी, एन्टिआक्सिडन्ट र फ्लाभोनोइड्सयुक्त मेवाको सेवनले पेट फुल्ने समस्या तथा कब्जियत कम गर्न मद्दत गर्छ । ठिक्क मात्रामा मेवा मधुमेह पीडितका लागि पनि राम्रो मानिन्छ ।

jackson ribon