birat ribon

पेटको समस्या तथा मधुमेह रोगीका लागि लाभदायक मेथीको साग

Neuro
पेटको समस्या तथा मधुमेह रोगीका लागि लाभदायक मेथीको साग

विराटनगर/मेथीको दानालाई सामान्यता तरकारी र अचारमा पड्काउन, तरकारी बनाएर खान र मसलाको रुपमा प्रयोग गरिन्छ ।

cura insider

मेथीका दानाको सेवन स्वास्थ्यका हिसाबले धेरै लाभदायिक मानिन्छ । मेथीको दाना जस्तै मेथीको पात वा मेथीको साग पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । मेथीको सागले भोक बढाउने तथा संक्रामक रोगबाट बच्न सुरक्षा प्रदान गर्छ ।

मेथीको सागले चिसोबाट बचाउँछ । मेथीको सागलाई दैनिकरुपमा नियमित सेवन गर्दा शरीरको ताप बढाएर रुघाखोखी लाग्नबाट जोगाउन मद्दत गर्छ । डायबिटीजमा बिरामीलाई मेथीको साग अत्यन्त लाभदायक हुन्छ । यसमा अमिनो एसिड हुन्छ जुन इन्सुलिन निर्माणमा सहायक हुन्छ । साथै, यसमा पाइने फाइबरले पाचनलाई ढिलो गरेर शरीरमा चिनीको अवशोषण छिटो हुन दिँदैन ।

मेथीको सागमा पाइने फाइबरले एन्टिअन्सिडेन्ट गुणहरूको साथै पाचनमा सुधार गर्छ । मेथीको सागको सेवनले कब्ज, अपच र पेट दुखाइको समस्या कम गर्छ । यसबाहेक आन्द्रा सुन्निने तथा पेटको अल्सरका लागि पनि मेथीको साग धेरै लाभदायक हुन्छ । पेटको समस्या भएकाहरुले आफ्नो आहारमा मेथीको साग समावेश गर्नुपर्छ । मेथी सागले एसिडिटी पनि कम गर्छ ।

मेथीको सागले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउन पनि मद्दत गर्छ । मेथीको सागले मधुमेहका साथै उच्च रक्तचाप, हृदयघात तथा मुटुसम्बन्धी रोगहरू लाग्न दिँदैन वा रोग लागिसकेका बिरामीहरूलाई फाइदा गर्छ । बारम्बार पिसाब आउने समस्या भएका बिरामीलाई पनि मेथीको सागले फाइदा पुर्‍याउँछ ।

शरीरका सबै रोग हाटउन र शरीरमा बच्चाका लागि दुधको मात्रा बढाउँने हुँदा प्रसूतीपश्चात मेथीको साग खुवाउन सल्लाह दिइन्छ । मेथीको सागको सेवनले थकान हटाउन मद्दत गर्नुका साथै कम्मर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्छ । यसको पातको लेप कपाल तथा अनुहारमा लगाउने गरेमा कपाल तथा अनुहारका अनेक समस्या सुधार गरी अनुहार र कपालको चमक बढाउन मद्दत गर्छ ।

jackson ribon