birat ribon

मिक्लाजुङमा शिक्षकको हत्या

Neuro
मिक्लाजुङमा शिक्षकको हत्या

विराटनगर/नेत्रविक्रम चन्द विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिकाका एक शिक्षकको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मङ्गलबार बिहान करिब सात बजे स्थानीय शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।

cura insider

उनका अनुसार घटनामा विप्लव समूहको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ,’ उनले भने ।

मङ्गलबार बिहान श्रेष्ठलाई चार–पाँच जनाको समूहले घरबाट लगेको थियो । सोही समूहले घरदेखि केही पर जंगलमा लगेर हत्या गरेको प्रहरीले बताएको छ । राजेन्द्रको हत्या भएको उनका भतिज महेशले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थल विकट ठाउँमा रहेका कारण प्रहरीलाई जान समय लागेको खड्काले बताए ।

मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको सैन्य तालिम हुँदै आएको थियो । केही दिनअघि प्रहरीले मिक्लाजुङबाट विप्लव समूहका दुई जना नेतालाई पक्राउ गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार वडा नम्बर १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएको हो ।

गाँउपालिकाबाट घटनास्थलतर्फ जाँदै गरेको बताएका अध्यक्ष आचार्यले परिवारलाई उदृत गर्दै बिहान करिब ५ बजे अज्ञात ५ जनाले प्रधानध्यापक श्रेष्ठलाई घरबाटै काम छ भन्दै लिएर गएको जानकारी दिए ।

हो–हल्ला भएपछि स्थानीय र घरका सदस्यहरुले खोजी गर्दा श्रेष्ठको शव सेलेलेङ र बर्खेको सीमा क्षेत्रमा पर्ने जङ्गलमा फेला परेको उनले जानकारी दिए । श्रेष्ठ कृषि ब्यवसायमा समेत आवद्ध छन् ।

स्थानीयले घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा बिहान करिब साढे ७ बजेतिर गोली हानी हत्या गरिएको हुनसक्ने बताएका छन् ।

घटनाबारे जानकारी पाएको मोरङ प्रहरीको टोली, लेटाङ नगरपालिका र उर्लाबारीबाट प्रहरीको त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

jackson ribon