birat ribon

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ को घोषणा

Neuro
डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ को घोषणा

विराटनगर/‘कमेडी च्यामपियन’ जस्ता चर्चित रियालिटी शो निर्माण गरेको थ्रि प्रोडक्सनले नेपा प्रोडक्सन सँगको सहकार्यमा ‘डान्स मास्टर लिल चाम्स’ उत्पादन गर्ने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शो को औपचारिक घोषणा गरिएको हो ।

cura insider

‘डान्स मास्टर लिल चाम्स’ मा १३ वर्षभन्दा कम उमेर भएका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने छ्न । यस शोलाई केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंहलगायतले निर्माण गर्दै छन् ।

शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहने छिन् भने जजको रूपमा डान्स लिल चाम्सकी विजेता तेरिया मगर, डान्स प्लस सिजन २ का प्रतियोगी सुशान्त खत्री र बुगी बिगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जनलाई देख्न्न सकिनेछ ।

यस्तै शोको होस्ट सुमन कोइरालाले (दले दाइ) र नायिका÷कार्यक्रम सञ्चालिका रीमा विश्वकर्माले गर्ने छन् ।

विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार पाउने छन् ।

jackson ribon