birat ribon

अमेरिकामा एकै दिन थपिए एक लाख ९८ हजार सङ्क्रमित

Neuro
अमेरिकामा एकै दिन थपिए एक लाख ९८ हजार सङ्क्रमित

विराटनगर । कोरोना महामारीको केन्द्रविन्दुमा रहेको अमेरिकामा एकै दिन एक लाख ९८ हजार कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार सङक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ५३ लाख ६९ हजार पुगेको छ । सङ्क्रमित मध्ये दुइ लाख ९० हजारको मृत्यु भएको छ ।

cura insider

भारतमा पछिल्लो २४ घण्टामा २७ हजार कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्या ९७ लाख ३ हजार पुगेको छ । एक लाख ४० हजारले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

ब्राजिलामा कोरोना सङ्क्रमितको संख्या ६६ लाख २८ हजार पुगेको छ । सङ्क्रमित मध्ये एक लाख ७७ हजारको मृत्यु भएको छ । वल्डाे मिटरकाे तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विश्वमा पाँच लाख २७ हजार कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधीमा ८ हजार जनाको मृत्यु भएको छ । विश्वमा कोरोना सङ्क्रमितको संख्या ६ करोड ७९ लनख २७ हजार पुगेको छ । १५ लाख ४९ हजारको मृत्यु भएको छ ।

jackson ribon