birat ribon

कुल सङ्क्रमितमध्ये ९४ प्रतिशत निको भए

Neuro
कुल सङ्क्रमितमध्ये ९४ प्रतिशत निको भए

काठमाडौं/ नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ९४ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

cura insider

सोमबार थप एक हजार छ सय २८ जना सङ्क्रमण निको भएसँगै हालसम्म ९४ प्रतिशत सङ्क्रमित निको भइसकेको छन् ।

तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।

यस्तै आज देशभर छ हजार दुई सय २० वटा पिसिआर परीक्षण गर्दा छ सय ४४ पुरुष र तीन सय ७० महिला गरी एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमित हुनेको संख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नौ सय ४८ रहेको छ । जसमध्ये आठ हजार ६० जना होम आइसोलेशनमा छन भने तीन सय ३२ जनाको आइसियूमा उपचार भइरहेको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप २० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार छ सय १४ पुगको छ ।

jackson ribon