birat ribon

बाल संरक्षणका लागि ५ दिने तालिम सम्पन्न

Neuro
बाल संरक्षणका लागि ५ दिने तालिम सम्पन्न

विराटनगर / सुनसरीको बराहक्षेत्रमा बाल संरक्षणका लागि ५ दिने ‘स्टिक्स एण्ड स्टोन’ तालिम सम्पन्न भएको छ ।

cura insider

साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना, प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको समन्वयमा १७ देखि २१ मङ्सिरसम्म सञ्चालित तालिममा हिंसा र दुर्व्यवहारबाट आफ्नो संरक्षण आफैं गर्न बालबालिकाको सहभागितालाई प्रवर्द्धन गर्ने तथा बालबालिकासँग नजिकमा रही काम गर्ने शिक्षकहरूको बाल संरक्षणका लागि क्षमता अभिवृद्धि गर्ने र विद्यालयको वार्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कोकनका अध्यक्ष मञ्जीता उपाध्यायले बताइन् ।

तालिममा बराहक्षेत्र नगरपालिकाको ८ वटा माध्यमिक विद्यालयका १६ जना शिक्षकहरू, कोकनका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण प्लान इन्टरनेशनल नेपाल कार्यक्रम प्रबन्धक लक्ष्मी पाठक, सामाजिक व्यवहार तथा सञ्चार विशेषज्ञ अनिश राज श्रेष्ठ, साझा सवालका लागि साझा मञ्च (कोकन) कार्यक्रम संयोजक हेमन्त राज पौडेल, कार्यक्रम अधिकृत दयालाल चौधरीले गरेका थिए ।

jackson ribon