काठमाडौं/ यस पटकको बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिरमा दीपदान गर्न नपाइने भएको छ ।
कोरोना महामारीका कारण प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष नहुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीपदान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको जनाएको छ ।
कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने बताए । रासस