birat ribon

मुलुक बचाउन राजसंस्था अपरिहार्य : राप्रपा

Neuro
मुलुक बचाउन राजसंस्था अपरिहार्य : राप्रपा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झन्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरूले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनःस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् ।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दूराष्ट्र गरी दुईवटा विषयलाई मूल्य–मान्यताको रूपमा स्थापित गरेको बताए । उनले भने, ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य–मान्यताको पक्षमा हिन्दू धर्म र मूलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ । त्यसलाई ल्याई पक्षपाती व्यक्तिहरू राख्न हुन्न भन्ने मान्यताप्रति मुलुकभरि आन्दोलन चलिरहेको छ ।’

cura insider

पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताए । अहिले नागरिकस्तरबाट स्वतःस्फूर्त रूपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशी लागेको बताए ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतःस्फूर्त रूपमा जनताले लिएर हिँडिराखेका छन्, त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ,’ उनले भने ।

jackson ribon