birat ribon

बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ

Neuro
बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ

विराटनगर/ अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीले अदालतबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले साेमबार गिरीलाई सफाइ दिएको हो ।

cura insider

जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार नेपाल सरकारकाे अभियोग दाबी नपुगेकाले कोइरालाको इजलासले गिरीले सफाइ पाउने ठहर गरेको हो ।

सिद्धबाबा माथि २०७६ कात्तिक ४ गते काठमाडौं बस्दै आएकी महिला अनुयायीलाई चतरा स्थित आश्रममा बलात्कार गरेको आरोप मुद्दा परेकाे थियो । बलात्कार सम्बन्धी मुद्दामा गिरीलाई जिल्ला अदालत सुनसरीका तत्कालिन प्रमुख न्यायाधिस राधाकृष्ण उप्रेतीको इजलासले तीनलाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रहरी हिरासतको समय अवधी विराट नर्सिङहोममा विताएका सिद्धबाबा १४ पुस २०७६ मा जिल्लाले आदेश दिएपछि आश्रम फर्किएका थिए । तर सरकारी वकिलको कार्यालय जिल्लाको आदेश विरुद्ध उच्च अदालत विराटनगर पुग्यो ।

उच्च अदालतले जिल्लाको आदेश उल्टाएर थुनामा राख्ने आदेश दिएकै दिन २०७६ माघ ९ गते गिरी विराटनगर रानी नाका हुँदै भारत प्रवेश गरेका थिए । नेपाल सरकारले दिएको पिएसओलाई नाकामा छाडेर भारत प्रवेश गरेका गिरी एक महिना १० दिन पछि फर्किएपछि पूर्पक्षका लागि झुम्का कारागार चलान भएका थिए ।

कारागारबाट उच्चको आदेश विरुद्ध सर्बाेच्च अदालतमा निवेदन दिएका थिए । गत शुक्रबार( १२ मङ्सिरमा) सर्बाेच्च अदालतले उच्चको आदेश सदर गरेको थियो । सर्बाेच्चले उच्चको आदेश सदर गरेको दश दिनपछि जिल्लाले एक पक्षीय बहसपछि सिद्धबाबालाई सफाई दिएको हो

सर्बाेच्च पुगेको मुद्दाकाे मिसिल आइनपुगेको भन्दै सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन पेस गरेको थियो । तर निवेदन दर्ता नगनी बसह सुरु गरेपछि सरकारी वकिलले बहसमा सहभागिता जनाएनन् ।

जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाका जिल्लाको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेद गर्ने जानकारी दिए । मिसिल नआएका कारण पहिलो पटक पेसी सार्न निवेदन पेस गरेका थियौं ।’ उनले भने ‘ तर हाम्रो निवेदन दर्ता नभएपछि बहसमा गएनौं , अब उच्च अदालत जान्छाैं ।’

jackson ribon