birat ribon

आज देशभर एक हजार १४ सङ्क्रमित थपिए, २० जनाको मृत्यु

Neuro
आज देशभर एक हजार १४ सङ्क्रमित थपिए, २० जनाको मृत्यु

विराटनगर/ नेपालमा सोमबार थप एक हजार १४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

यससँगै सङ्क्रमितको संख्या दुई लाख ३१ हजार नाै सय ९५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १२ हजार नाै सय ४८ रहेको छ ।

यसैगरी आज थप एक हजार छ सय २८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २७ हजार चार सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय १४ पुगेको छ ।

jackson ribon